
नौरते नेपाली, पुष १८ जुम्ला
१० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने तयारी गरेको हो । नेकपा एमाले जुम्लाले पुष २३ गतेका दिन ८ औँ जिल्ला अधिवेशन गर्ने तयारी गरेको पार्टी अध्यक्ष शान्तिलाल महतले बताउनु भयो ।
५ जना पदाधिकारी सहित १ सय ९ जना जिल्ला कमिटीका सदस्य चयनको लागि जिल्ला अधिवेशन गर्न लागिएको उहाँको भनाइ छ । अध्यक्ष महतका अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरि जम ५ जना पदाधिकारी र १ सय ४ जना सदस्य चयन हुने बताउनु भयो । यसअघि वडा र पालिकाको अधिवेशनबाट एमालेले ३३ प्रतिशत महिला अनिवार्य सहिभागता गराएको थियो ।
८ औँ जिल्ला अधिवेनशमा पनि ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गराइने महतको भनाइ छ । जिल्ला अविधेशनका लागि कनकासुन्दरी १२, सिंजाबाट १०, हिमा १०, तिला १२, तातोपानी २०, पातारासि ७, गुठीचौर गाउँपालिबाट ९ जना र चन्दननाथ नगरपालिकाबाट ३३ जना प्रतिनिधि छनोट भएर आएको पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो ।
हाल १ सय ६५ सदस्यीय जिल्ला कमिटी रहेको भन्दै सचिव पाण्डेले १ सय ९ जना जिल्ला कमिटी नयाँ छनोट हुने जानकारी गराउनु भयो । भर्चुअल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिले पुष २३ गतेका दिन देशभरको जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले जुम्लाले जनाएको छ ।
जुम्लाको अधिवेशन नेकपा एमालेका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगीको प्रमुख आतिथ्यमा हुने नेकपा एमाले अविधेशन आयोजक कमिटीले जनाएको छ । एमालेको विधानमा ३÷३ वर्षमा जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन हुन लागेको पार्टी अध्यक्ष मतहले बताउनु भयो । गएको असोज महिनामा वडा र पालिका अधिवेशन एकैपटक भएको उहाँले जानकारी गराउनु भयो ।