विभिन्न प्रतियोगितामा विजयी भएका खेलाडिलाई क्लबद्धारा अभिनन्द – Karnali News

विभिन्न प्रतियोगितामा विजयी भएका खेलाडिलाई क्लबद्धारा अभिनन्द

 १० पुष २०७८, शनिबार १७:१९  

नौरते नेपाली, पुष १० जुम्ला
कर्णाली स्पोर्ट क्लबले दुई महिनाको अवधिमा विभिन्न प्रतियोगितामा विजयी भएर गृह जिल्ला जुम्लामा आएका खेलाडिहरुलाई अभिनन्द गरेको छ । मंसिर र पुष महिनामा नेपाल भित्रै भएका विभिन्न प्रतियोगितामा विजयी भएर जुम्ला फर्केका खेलाडिहरुलाई अभिनन्द गरेको हो । क्लबका अध्यक्ष सरोज शाही, धावक हरीवहादुर रोकाया, क्लबका उपाध्यक्ष डाक्टर नविन थापा र क्लबका सचिव मधुराज न्यौपानेले खेलाडिहरुलाई खादा र अबिर लगाएर अभिनन्द गर्नु भएको हो ।

मंसिर ४ गते नेपालगंजमा भएको धारापासी म्याराथन प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबका बन्दना बुढा खुल्ला तर्फको ५ किलोमिटर दौडमा तृतिय हुनु भएको थियो । स्कुल स्तरीय ५ किलोमिटर प्रतियोगितामा दिपेन्द्र बुढा तृतिय, स्कुल स्तरीय ३ किलोमिटर दौडमा सविता बुढा प्रथम र स्कुल स्तरीय ३ किलोमिटर दौडमा मन्जीता ऐडि द्धितिय हुनु भएको थियो ।

यस्तै मंसिर २० गते काठमाण्डौको दशरथ रंगशालामा भएको युथ एथेलेटिक्स २० वर्ष मुनिको प्रतियोगितामा ३ हजार र ८ सय किलामिटर दौडमा राममाया बुढा प्रथम, ३ हजार किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, बन्दना बुढा द्धितिय हुनु भएको थियो । यहि पुष महिनाको ३ गतेका दिन काठमाण्डौँमा भएको रेफर प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबबाट सहभागि भएका राममाया बुढा ५ किलोमिटर दौडमा द्धितिय, कजेल स्तरीय ५ किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, कजेल स्तरीय ३ किलोमिटर दौडमा बन्दना बुढा प्रथम र कजेल स्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा सविता बुढा द्धितिय हुनु भएको थियो ।

सबै प्रतियोगितामा क्लबको तर्फबाट भाग लिएर प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल खेलाडिलाई शनिबार जुम्लामा अभिनन्द गरिएको अध्यक्ष सरोज शाही बताउनु भयो । उहाँका अनुसार खेलाडिहरुको मनोबल उच्च गर्न र खेल क्षेत्रमा जोडिन अभिनन्द कार्यक्रमले हौसला प्रदान गरेको गरेको जनाउनु भयो ।

विभिन्न प्रतियोगितामा खेलाडिहरुलाई सहभागि गराउनको लागि क्लबमा आवद्ध भएका पदाधिकारीले खल्तीबाट रकम खर्चे गर्नु परेको उहाँले गुनासो गर्नुभयो । खेलक्षेत्र प्रति स्थानीय तह र सरोकारवाला निकायले ध्यान नदिएको कारणले खेलाडिहरुको लागि भने जस्तो गर्न नसकिएको अध्यक्ष शाहीको भनाइ छ ।

खेलाडि प्रकाश कठायतले खेलाडिहरुको लागि आवासको प्रबन्ध भए निममित अभ्यास गर्न सजिलो हुने बताउनु भयो । विभिन्न गाउँबाट खेलाडिहरु अभ्यासका लागि सदरमुकाममा आउने हुँदा समस्या भएको उहाँको भनाइ छ ।