
नौरते नेपाली, पुष १० जुम्ला
पुष ९ जुम्ला । चन्दननाथ नगरपालिका लडा नम्बर ९ उम्गाडमा रहेका सत्रखम्बाहरु संरक्षणको अभावमा जीण बनेका छन् । ऐतिहासि महत्व बोकेका खम्बाहरुको संरक्षण नहुँदा जीण बनेका हुन् । सत्रखम्बा मध्ये हाल १३ वटा खम्बा मात्रै सिधा छन् । अन्य चारवटा खम्बा ढली सकेका छन् ।
खत्रखम्बा रहेको आसपासका नागरिकले संरक्षण नगर्दा खम्बाहरु अलपत्र र जीर्ण बनेको चन्दननाथ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मीनवहादुर डाँगीले बताउनु भयो । पाँच भाइ पाण्डले ढुङ्गाको भित्तामा कुदेर विभिन्न आकृति बनाएका खम्बाहरुको इतिहास मेटिएको उहाँको भनाइ छ । डाँगीका अनुसार स्थानीय नागरिकले संरक्षण नगर्दा खत्रखम्बाहरु जीर्ण बनेको बताउनु भयो ।
सत्रखम्बा रहेका क्षेत्रमा स्थानीयको जग्गा भएकाले केहि खम्बाहरु पर्खालका रुपमा प्रयोग भएका छन भने केहि खम्बा बाटोमा ढलेका छन् । ढलेका खम्बाहरु सिधा नहुँदा खत्रखम्बाको महत्व हराएको वडाध्यक्ष डाँगीको भनाइ छ । उहाँका अनुसार खम्बाहरुको संरक्षण गर्ने प्रयास भएपनि स्थानीको अवरोधले गर्दा काम हुन नसकेको बताउनु भयो ।
पुरातात्विक महत्व बोकेका खम्बाहरुको संरक्षण गर्ने प्रयास भएपनि स्थानीयबाट साथ नपाएको उहाँले सुनाउनु भयो । ढलेका खम्बाहरु उठाएर सबैलाई एकै तिर राख्ने प्रयास भएपनि स्थानीयको असहयोगले प्रयास असफल भएको उहाँको भनाइ छ । खत्रखम्बाहरुको संरक्षण गर्न सकिएममा उम्गाड क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने उहाँले बताउनु भयो ।
वडाध्यक्ष डाँगीका अनुसार सिधा भएका खम्बाहरुमा विभिन्न प्रकारका आकृति र अक्षरहरु लेखिएको बताउनु भयो । खम्बामा लेखिएका अक्षरहरु मेटिएको र आकृतिहरु प्रस्ट देखिने गरेको डाँगीले जानकारी गराउनु भयो । उम्गाडका स्थानीयसँग बसेर खम्बाहरुको संरक्षण गर्ने विषयमा छलफल गर्ने वडाध्यक्ष डाँगीले बताउनु भयो ।
उहाँका अनुसार स्थानीयले सहयोग गरेमा ऐतिहासिक महत्व झल्किने गरि सबैले देख्ने ठाउँमा खम्बाहरु राख्ने सोच रहेको सुनाउनु भयो । यता उम्गाडका स्थानीयले नागरिकले सत्रखम्बाहरुको संरक्षणमा स्थानीय सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । स्थानीय नागरिक मानवहादुर शाहीका अनुसार संरक्षण नहुँदा खम्बाहरु जीर्ण बनेको बताउनु भयो ।
स्थानीय नागरिकले खम्बाहरुलाई चौतर्फि घेराबन्दिमा पार्ने काम गरेको उहाँको भनाइ छ । झण्डै १२ फिट सम्म अग्ला रहेका खम्बाहरु भाँचिएका छन् ।
फोटो ः सरोज शाही