मेयर सेजुवाल काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित – Karnali News

मेयर सेजुवाल काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

 ८ पुष २०७८, बिहीबार १९:०४  

एनिसा हमाल, पुष ८ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । जुम्लाकै इतिहास रच्न सफल तथा नेपालकै निर्वाचित पहिलो मेयर सेजुवालले १८ सय ५२ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणाम अनुसार सेजुवाल केन्द्रिय सदस्यमा विजयी हुनुभएको हो ।

महिला तर्फको खषआर्य कोटाबाट सेजुवाल निर्वाचित हुनुभएको छ । जुम्लाकै इतिहासमा पहिलो पटक सेजुवाल काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।