प्याप्सनका अध्यक्ष टासी लामालाई स्वागत तथा अभिनन्द – Karnali News

प्याप्सनका अध्यक्ष टासी लामालाई स्वागत तथा अभिनन्द

 ८ पुष २०७८, बिहीबार १९:०१  

नौरते नेपाली, पुष ८ जुम्ला
निजी तथा आवसीय विद्यालयको छाता संगठन (प्याप्सन) जुम्लाका अध्यक्ष टासी लामालाई कैलास बोधि स्कुलले स्वागत तथा अभिनन्द गरेको छ । कैलास बोधि स्कुलका संस्थापक तथा प्रिन्सीपल समेत रहनु भएका लामालाई सोहि विद्यालयले विहिबार स्वागत तथा अभिनन्द गरेको हो । यहि पुष महिनाको ३ गतेका दिन सर्वसहमतिका आधारमा लामा (प्याप्सन) जुम्लाको अध्यक्षमा चयन हुनु भएको थियो ।

विद्यालयले गरेको स्वागत तथा अभिनन्द कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयहरुको मासिक सुल्कमा एकरुपता ल्याउने बताउनु भएको छ । निजी विद्यालयमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्दै गुणस्तरीय शिक्षा प्रदान गराउने विषयमा आफ्नो ध्यान जाने उहाँको भनाइ छ । अध्यक्ष लामाका अनुसार निजी विद्यालयले चर्काे शुल्क लिन्छन भन्ने भ्रमलाई चिर्ने बताउनु भयो ।

उहाँका अनुसार निजी विद्यालयहरुले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी गराउनु भयो । शिक्षालाई सर्वसुभल र सबैको पहुँचमा पुग्ने गरी उपलब्ध गराउनु पर्ने लामाको भनाइ छ । जुम्लामा रहेका २३ वटा निजी विद्यालयको समस्या र उनिहरुले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षामा विषयमा ३ वर्षको अवधिमा अध्ययन गर्दै समस्याको हल गर्ने प्रयास गर्ने उहाँले बचनवद्धता गर्नु भएको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायिक संघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश रोकायाले शिक्षामा निजी विद्यालयको महत्वपूर्ण देन रहेको बताउनु भयो । विश्वमा चलनचल्तिमा रहेको अँग्रेजी भाषाको निजी विद्यालय विकास गरेको उहाँले बताउनु भयो । रोकाया अनुसार निजी विद्यालयबाट उपलब्ध हुने शिक्षा सबैको पहुँचमा पुग्ने पर्ने बताउनु भयो ।

प्याप्सन जुम्लाका सचिव तथा जयरत्न कर्णाली बोर्डिङ्ग स्कुल जुम्लाका प्रिन्सीपल रतनवहादुर शाहीले निजी विद्यालयले दिने शिक्षा सुरक्षित र भरपर्दाे भएको बताउनु भयो । उहाँका अनुसार गुणस्तरीय शिक्षा उपलब्ध गराउने काममा निजि विद्यालयले इट्टा थप्ने काम गरेको जानकारी गराउनु भयो ।

निजी विद्यालयले शिक्षामा व्यापार गरेको विषयमा खण्डन गर्दै शाहीले शिक्षा दिलाउने काम व्यापार नभइ सेवा भएको बताउनु भयो । कैलास बोधिका शिक्षक देवेन्द्र उपाध्यायले निजी विद्यालयले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई न्युनतम शुल्कमा पढाउदै आएको जानकारी गराउनु भयो ।

जुम्लाको शैक्षिक अवस्थालाई सुधार गर्नको लागि निजी विद्यालयलको पनि भूमिका रहेको उहाँको भनाइ छ । प्याप्सनको अध्यक्षमा टासी लामा अध्यक्ष, मीनवहादुर कठायत उपाध्यक्ष, रतन शाही सचिव र बद्रि खत्री सहसचिव लगायत १३ सदस्यीय पदाधिकारी चयन भएका छन् ।