चिसोमा दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित) – Karnali News

चिसोमा दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित)

 ६ पुष २०७८, मंगलवार १३:१८  

नौरते नेपाली, पुष ६ जुम्ला
सिंजा गाउँपालिका वडा नम्बर ३ नराकोटमा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराईएको छ । हिमाली जिल्ला जुम्लामा चिसो बढेकाले दृष्टि विहिन विद्यार्थीलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित कर्णाली शिक्षा परियोजना अन्तर्गत दृष्टि विहिन विद्यार्थीलाई कपडा वितरण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक रविन प्रसाद शर्माले बताउनु भयो ।

मौसम परिवर्तन भएसँगै जुम्लामा चिसो बढ्दै गएको हुनाले दृष्टि विहिन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनु भयो । जाडोको समयमा आफुले गरेको सहयोगले दृष्टि विहिन विद्यार्थीलाई राहत हुने अपेक्षा गरेको शर्माले जानकारी गराउनु भयो । ब्रेल पेन २५ थान, स्पीकर र पेनड्राइप १÷१ थान, फिल्टर २ थान, फाइबर सिरक १२ थान, तन्ना १२ थान, डस्ना १२ थान, सिरानी १२ थान, उनको टोपी १२ थान, जुत्ता १२ थान, मोजा २५ थान, ट्रयाकसुट २५ थान, बाक्लो ज्याकेट १५ थान, बल्याङ्गकेट १२ थान र पञ्जा २५ थान गरी जम्मा ४ लाख ८२ हजार रुपैयाँ बराबरको न्यानो कपडा उपलब्ध भएको उहाँको भनाइ छ ।

शारीरिक दृष्टि विहिन रिुपमा वद्यार्थीलाई जाडोको समयमा न्यानो गर्ने उद्देश्यले कपडा वितरण गरेको किर्डाक नेपाल जुम्लाले जनाएको छ । स्रोत शिक्षक दत्तवहादुर बुढा र शिक्षक जयकृष्ण चौलागाई र दृष्टि विहिन विद्यार्थीका अभिभावक सरस्वति चौलागाईको रोहोबरमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । चिसाको समयमा न्यानो कपडा पाउदा दृष्टि विहिन विद्यार्थी खुसी भएका छन् ।

पुरा शरीर ढाक्ने कपडा भएपनि पनि चिसोमा बाक्लो ज्याकेट, जुत्ता र ओड्ने ओछ्याउने राम्रो नहुँदा समस्यामा परेका विद्यार्थीलाई सहज भएको छ । दृष्टि विहिन विद्यार्थी विर्षा न्यौपानेले चिसो समयमा न्यानो कपडा दिने दातालाई धन्यवाद दिनु भएको छ । विद्यालयमै आएर जाडोको मौसममा न्यानो कपडा दिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु  । दृष्टि विहिन अर्का विद्यार्थी बसन्त शाहीले चिसोमा कपडा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै दातृ निकायप्रति आभारी भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार शरीरमा लगाएको कपडाले खासै तातो नभएको भन्दै अब चिसोबाट छुटकारा मिलेको बताउनु भयो ।

भैरव मावि नराकोटका शिक्षक जयकृष्ण चौलागाईले दृष्टि विहिन र असाय विद्यार्थीका लागि सहयोग गर्ने निकाय भगवान भएको बताउनु भयो । डाँडामा रहेको विद्यालयमा हावा चल्ने हुँदा दृष्टि विहिन विद्यार्थीलाई समस्या थियो उहाँले भन्नुभयो भयो अब हावा छेक्ने र जाडो छल्ने कपडा पाएकाले राहत पुगेको छ ।

जुम्लाको तापक्रम माइनसमा झरेको बेला घर बाहिर राखेको पानी जम्ने समयमा विद्यालयको भवनमा बसेका दृष्टि विहिन विद्यार्थीले प्राप्त गरेका कपडाले न्यानो हुने उहाँको भनाइ छ । स्रोत शिक्षक दत्तवहदुर बुढाले चिसोमा कपडाको समस्या भएका दृष्टि विहिनका लागि सहयोग गर्ने निकाय प्रति आभारी भएको बताउनु भयो ।

दृष्टि विहिन विद्यार्थीको समस्यालाई हल गर्नको लागि सहयोग भएको उहाँको भनाइ छ । आगामी दिनमा पनि दृष्टि विहिन विद्यार्थीका लागि शैक्षिक सामाग्री र खानबस्नमा पनि सहयोग गर्नको अनुरोध गर्नु भएको छ ।

दृष्टि विहिन विद्याथीलाई न्यानो कपडा वितरण गर्दाको दृष्य