ओसीएमसीसँग सम्बन्धीत सरोकारवालाहरुसँग अभिमुखीकरण तालीम – Karnali News

ओसीएमसीसँग सम्बन्धीत सरोकारवालाहरुसँग अभिमुखीकरण तालीम

 २ पुष २०७८, शुक्रबार ०७:१६  

नौरते नेपाली, पुष २ जुम्ला
एकद्धावार संकट ब्यवस्थापन समिति (ओसीएमसी)सँग सम्बन्धीत सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालीम जुम्लामा विहिबारका दिन सकिएको छ । लैङ्गिक हिंसामा परेकाहरुलाई छिटोछरितो सेवा प्रदान गर्न गठन भएको एकद्धार संकट व्यवस्थापन समितिले प्रवाह गरेको सेवा र कानुनी परामर्शका बारेमा जानकारी गराउन अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।

(ओसीएमसीका) संयोजक डाक्टर अर्विन शाक्यले शारीरीक, मानसिक र आर्थिक हिसावले गर्दा महिलाहरु हिंसा परेको बताउनु भयो । हिंसामा परेकाहरुलाई (ओसीएमसीले) निःशुल्क उपचार र खानबस्नको व्यवस्था गर्दै आएको उहाँले बताउनु भयो । राज्यले नै हिंसामा परेकाहरुलाई उद्धार, उपचार, परामर्श र संरक्षणको काम गर्दै आएको उहाँको भनाइ छ ।

नेपाल सरकारले लैङ्गिक हिंसाको समस्यालाई हल गर्न अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन समिति गठन भएको उहाँले बताउनु भयो । डाक्टर शाक्यका अनुसार एकद्धार संकट ब्यवस्थापन समितिबाट हिंसामा परेका महिलाको लागि पूर्ण रुपमा निःशुल्क सेवा गराउने ब्यवस्था रहेको जानकारी गराउनु भयो ।

विभिन्न कारणले हिंसामा परेका महिला तथा बालबालिकाको लागि सेवा दिन एकद्धार संकट ब्यवस्थापन केन्द्रले काम गर्दै आएको शाक्यको भनाइ छ । यदि कोहि हिंसामा परेको भए (ओसीएमसीमा) सम्पर्क गर्न उहाँले अनुरोध गर्नु भएको छ । एकद्धार संकट ब्यवस्थापन समितिमा चालु आर्थिक वर्षको हालसम्म ७२ वटा हिंसाका घटना आएको बताउनु भयो ।

त्यस मध्ये पुरुष ८ र महिला ६४ जना रहेको शाक्यले बताउनु भयो । शारीरिक हिंसाका ५५, यौनहिंसाका ८, आर्थिक हिंसाका ९ वटा केसहरु (ओसीएमसीमा) आएको उहाँले जानकारी गराउनु भयो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ८५ वटा हिंसाका घटना आएको र आर्थिक वर्ष २०७६÷०७७ मा ३५ वटा लैङ्गिक हिंसा घटनाहरु (ओसीएमसीमा) दर्ता भएको उहाँको भनाइ छ ।

अधिवक्ता अनिता तिमिल्सीनाले लैङ्गिक हिंसाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पुराना परम्परा र धर्म–संस्कृतिले पनि महिलालाई हिंसामा पारेको उहाँले बताउनु भयो । महिलालाई कुटपिट गर्ने, बलपूर्वक गर्भपतन गर्न लगाउने, अंगभंग गर्ने, थुन्ने, जलाउने, कार्य बोझ थोपार्ने लगायतका हिंसाबाट महिलाहरु सिकार भएको उहाँको भनाइ छ ।

तिमिल्सीनाका अनुसार महिला माथि हुने हिंसालाई कानुनीले अपराध ठहर गरेको बताउनु भयो । हिंसामा परेपछि सहेर बस्न नहुने भन्दै उहाँले हिंसामा परेको भए कानुनको सहायता लिन आग्रह गर्नु भएको छ । लैङ्गिक हिंसा न्यूनिकरणका लागि जुम्लाका सरोकारवालाले मुख्य भूमिका खेल्नु पर्ने अधिवतmा तिमिल्सीनाले बताउनु भयो ।

उहाँका अनुसार महिला माथि सार्वजनीक वा निजी क्षेत्रमा हिंसाजन्य कार्य हुने गरेको बताउनु भयो । जिल्ला अदालत जुम्लाका श्रेस्तेदार चेतराज पन्तले शारीरीक र मानसिक रुपमा महिलाहरु यौनजन्य दुब्र्यवहारको सिकार हुनु परेको बताउनु भयो । उहाँका अनुसार सानो उमेरमा बिवाह गर्नाले शिक्षा, स्वास्थ्य, सामाजिक, इच्छा, मनोरञ्जन, मानसिक र पारिवारिक रुपमा असर परेको बताउनु भयो ।

महिला माथि हुने हिंसालाई घरदेखि नै न्युनिकरणका लागि सक्रिय हुनु पर्ने उहाँको भनाइ छ । पन्तका अनुसार लिङ्गका आधारमा भेदभाव गर्न नमिल्ने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार बिभिन्न क्षेत्रमा काम गर्ने निकाय सबैले थाहा पाउने गरी काम गर्न सुझाव दिनु भएको छ ।

उहाँका अनुसार आगामी दिनमा यस्ता खालका कार्यक्रम गर्दा जुम्लामा रहेका सबै स्थानीय तहलाई पनि समाबेश गर्नु पर्ने बताउनु भयो । किर्डाक नेपाल सुर्खेतका अनुगमन तथा मूल्याङ्कन अधिकृत किरण पौडेलले कोभिडको समयमा महिला तथा बालबालिका बढी हिंसामा परेको बताउनु भयो ।

उहाँका अनुसार हिंसामा परेकालाई (ओसिएमसी) मार्फत निःशुल्क सेवा प्रदान भइ रहेकाले सहयोग लिन अनुरोध गर्नु भएको छ । हिंसामा परेका विपन्न नागरिकलाई तत्कालको लागि ५ हजार नगद उपलब्ध गराउँदै आएको पौडेलको भनाइ छ । यस्तै विपन्न र हिंसामा परेका विपन्न र हिंसा पिडित बालबालिकाई स्थानीय तहको सिफारीस भएमा नगद ४ हजार दिने गरिएको उहाँले बताउनु भयो ।

लैङ्गिक हिंसा न्युनिकरणमा किर्डाक नेपाल पनि सँगसँगै रहेको भन्दै उहाँले यदि कोहि हिंसा पिडित भएमा सम्बन्धित निकायमा खबर गर्न अनुरोध गर्नु भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा कोभिड–१९ रोकथाम एवं प्रतिकार्य परियोजनाको बाल संरक्षण कार्यक्रम अन्तर्गत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको समन्वय र किर्डाक नेपाल सुर्खेतको आयोजनामा एकद्वार संकट ब्यवस्थापन समिति (इऋःऋ) संग सम्बन्धित सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।

समितिलाई ५० हजार बराबरको सामाग्री हस्तान्तरण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा संचालित लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन समिति (ओसिएमसि) लाई ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको छ । लैङ्गिक हिंसामा परेकालाई छिटोछरितो सेवा प्रभाव गर्ने उद्देश्यले किर्डाक नेपाल सुर्खेतले ओसिएमसिलाई सामाग्री हस्तान्तरण गरेको हो ।

यसनिसेफ नेपालको सहयोग आर्थिक सहयोग र किर्डाक नेपा सुर्खेतको साझेदारीमा ओसिएमसिलाई सामाग्री सहयोग गरिएको छ । संस्थाले ओसिएमसिको लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको छ । कुर्ची, टेबल, पानी तताउने इलेक्टि जग, सेनिटाइजर, सर्जीकल माक्स, ग्यास हिटर थर्ममिटर, तौल मेसिन, बच्चाको खेलानौँ लगायतका सामाग्री हस्तान्तरण गरिएको किर्डाक नेपाल सुर्खेतका अनुगमन तथा मूल्याङ्कन अधिकृत किरण पौडेलले बताउनु भयो ।

लैङ्गिक हिंसामा परेका पिडितलाई अस्पतालले छुट्टै भवनको व्यवस्थापन गरी उपचार गर्ने भएको छ । पिडितहरुको गोप्नीयतालाई मध्यनजर गरी प्रतिष्ठान जुम्लाले ओसिएमसिको छुट्टै भवन बनाएको छ । ओसिएमसिलाई हस्तान्तरण गरिएका यी सामाग्रीले पिडितको उपचारमा सहज हुने विश्वास गरिएको उहाँको भनाइ छ ।

सामान बुझ्दै प्रतिष्ठान जुम्लाका स्टोर किपर प्रमुख चेतवहादुर रोकायाले लैङ्गिक हिंसामा परेकाहरुलाई परामर्श तथा सेवा दिन सहजा भएको बताउनु भयो । उहाँका अनुसार एकद्धार संकट व्यवस्थापन समितिलाईलाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा किर्डाक नेपाल जुम्लालाई धन्यवाद दिनु भएको छ ।