राष्ट्रपति भण्डारी जुम्ला आउने भएपछि सडक र बजार सरसफाई – Karnali News

राष्ट्रपति भण्डारी जुम्ला आउने भएपछि सडक र बजार सरसफाई

 २५ मंसिर २०७८, शनिबार १८:५०  

नौरते नेपाली, मंसिर २५ जुम्ला
राष्ट्रपति विद्यादेवि भण्डारी आईतबार एमबिबीएस कार्यक्रम उद्घाटन गर्न जुम्ला आउदै हुनुहुन्छ । राष्ट्रपति जुम्ला आउने भएपछि जुम्ला बजार र सडकहरु सरफाई गरिएको छ । एयरपोर्ट देखि प्रतिष्ठानसम्मको सडक पुरै सरसफाई गरिएको हो । नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले सडक र बजार सरसफाई गरेका छन् । आईतबार विहान १० बजे राष्ट्रपति भण्डारी जुम्ला आउने समय फिक्स भइ सकेको छ ।

उहाँले नन्दाबक्स गण जुम्लामा भोजन गरी सकेपछि ११ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले संचालन गरेको एमबिबिए, बिएनएस र बिफार्मा लगायतका कार्यक्रम उद्घाटन गर्नु हुने भएको छ । जुम्लामा सञ्चालन भएको एमबिबीएस लगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको रजिष्ट्रार नृपेन्द्र महतले बताउनु भयो ।

राष्ट्रपति भण्डारीले एमबिबीएस लगायतका शैक्षिक कार्यक्रम र शैक्षिक भवनको शिलान्यास गर्ने उहाँको भनाइ छ । करिब ७६ करोडमा निर्माण हुन लागेको दुईवटा पाँचतले शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भयो । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

रजिष्ट्रार महतले मञ्च निर्माण, व्यवस्थापन, बजार सरसफाई लागयतका सबै तयारीहरु पुरा भएको जानकारी गराउनु भयो । राष्ट्रपतिको स्वागतका लागि नृत्य, स्वागत गेट र मञ्च व्यवस्थापन लगायतका सबै कार्यक्रमको तयारी पुरा भएको उहाँको भनाइ छ । एमबिबीएस लगायत स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम संचालनले कर्णाली प्रदेशको मात्र नभइ सम्पूर्ण राष्ट्रको गौरवको कुरा भएको उहाले बताउनु भयो ।

शैक्षिक कार्यक्रमहरु संचालनको लागि पश्चिम नेपालकै ठुलो अस्पताल प्रतिष्ठान मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको महतले बताउनु भयो । रजिष्ट्रार महतले प्रतिष्ठानमा विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन हुने अवस्थाको परिकल्पना गर्ने, कार्य योजना तयार गरी अगाडि बढाउने एवं उक्त योजनालाई सार्थकता प्रदान गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको छ ।

एमबिबीएस लगायत शैक्षिक कार्यक्रम उद्घाटनको अवसरमा प्रतिष्ठान स्थापनामा योगदान गर्ने, जग्गा दाता र प्रतिष्ठानका पूर्व पदाधिकारीलाई राष्ट्रपतिबाट सम्मान पत्र र दोषला ओडाउने कार्यक्रम रहेको महतले सुनाउनु भयो । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार जुम्ला आइ सक्नु भएको उहाँले बताउनु भयो ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएक छन् । भने बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएस तर्फ १६ जना, बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएको उहाँको भनाइ छ ।

प्रतिष्ठान जुम्ला जुम्लाका प्रवक्ता डाक्टर रमेश भट्टाराई पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन तथा अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास भएको बताउनु भयो । उहाँका अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईएको जानकारी गराउनु भयो ।

राष्ट्रपतिको स्वागतको लागि गरिको तयारी यस्तो छ