
नौरते नेपाली र कालीवहादुर परियार, मंसिर २० जुम्ला
जुम्लाको तिला गाउँपालिकाले गाउँ÷गाउँका युवालाई उद्यमी बनाउन युवा उद्यमी कार्यक्रम सञ्चालन गरेको छ । राज्यको लगानी राज्यलाई फिर्ता गर्ने गरी युवालाई उद्यममा प्रोत्साहन गर्ने योजना गाउँपलिकाको छ । तिला गाउँपालिका, नबिल बैँक र राष्ट्रिय युवा परिषद् नेपालको त्रिपक्षिय सहकार्यमा जुम्लामा युवा उद्यमशिल्ता कार्यक्रम सुरु गरेको हो । युवाहरुलाई बहुउद्देश्यीय तरिकाले अगाडि बढाउने तिला गाउँपालिकाले तयारी गरेको छ ।
गाउँपालिका भित्रका १ सय ५० जना युवाहरुलाई उद्यमशिल बनाउन लागेको अध्यक्ष रतननाथ योगिले बताउनु भयो । बेरोजगार भएका युवाहरूलाई रोजगार सृजना गर्नको लागि नबिल बैँक सँगको सहकार्यमा १ सय ५० जना युवाहरु उद्यमशिल्ताका लागि छनौट भएको उहाँको भनाइ छ । बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्दै आत्मनिर्भर बनाउने लक्ष्य राखेको उहाँले सुनाउनु भयो । तिला गाउँपालिका जुम्लाले उदाहरणीय र युवालाई रोजगारी दिने कामको थालनी गरेको छ ।
छनौटमा परेका युवाहरुलाई तिला गाउँपालिका जुम्लाले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम दिने भएको छ । सहुलियत पूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिमको सोमबारका दिनका भव्य रुपमा उद्घाटन गरिएको छ ।
आई.एल.ओ र नबिल बैँकको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल र तिला गाउँपालिका जुम्लाको मुख्य आयोजनामा उक्त कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकामा बेरोजगार बसेका युवालाई बैँक सँग सहकार्य गरेर स्वरोजगारी बनाउन सहुलियतपूर्ण कर्जा सुरूवात गरेको हो ।
अध्यक्ष योगीका अनुसार सहुलियतपूर्ण कर्जाका लागि सबै वडाका १ सय ५० जना युवाहरु छनौट गरिएको बताउनु भयो । उहाँका अनुसार नबिल बैँक सँग सहकार्य गरेर तिला गाउँपालिकाले १४ करोड लगानी गरेको बताउनु भयो । लगानी अनुसारको प्रतिफल आएमा अझ थप लगानि गरिने उहाँले प्रतिबद्वता जनाउनु भएको छ ।
जब सम्म नागरिकका आवस्यकता पूरा हुदैन तब सम्म जनताको माझमा समृद्धि आएको अनुभूति नहुने उहाँले बताउनु भयो । अध्यक्ष योगिका अनुसार अन्य स्थानीय तह मध्य तिला गाउँपालिकाले सबै भन्दा उदाहरणीय काम गरेको बताउनु भयो । छाउगोठ मुक्त अभियान लकभक अन्तिम चरणमा रहेको र अब सिंगो गाउँपालिकालाई छाउगोठ मुक्त घोषणा गर्न बाँकी रहेको बताउनु भयो ।
६ सय ३२ जना युवाले फर्म भरेकोमा १ सय ५० जना छनौट उहाँले भएको बताउनु भयो । छनौट भएका १ सय ५० जनालाई ७ दिनको तालीम दिईने उहाँले बताउनु भयो । तालिममा ऋण लिनको लागि आवश्यक पर्ने प्रक्रियाहरु सिकाइने उहाँको भनाइ छ । तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत मीन बहादुर रावलका अनुसार तिला गाउँपालिकामा सहुलियतपूर्ण कर्जाको लागि छनौट भएका १ सय ५० जनाको नाम नै राष्ट्रिय युवा परिषदले छनौट गरेको बताउनु भयो ।
उहाँका अनुसार राष्ट्रिय युवा परिषदले तिला गाउँपालिकालाई फर्म मात्रा उपलब्ध गराएको र तिलाका कर्मचारीले फर्म भर्ने मात्र काम गरेको बताउनु भयो । छनौट प्रक्रियामा तिला गाउँपालिकाको कुनै पनि हात नरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार आफू जुम्लामा आए देखि धेरै कार्यक्रममा गएको र सबै भन्दा उपलब्धि मुलक कार्यक्रम तिला गाउँपालिकाले गरेको बताउनु भयो । उहाँका अनुसार नेपाल सरकारले सुरु गरेको खुसी नेपाली र समृद्धि नेपाली नाराका अनुसार सबै नेपाली बेरोजगार मुक्त बनाउनु पर्ने बताउनु भयो ।
उहाँका अनुसार तिला गाउँपालिकाले गरेको काम सहानीय भएको जानकारी दिनुभयो । कार्यक्रमको सफलताको शुभकामना दिदै प्रगतिको कामना गर्नु भएको छ । राष्ट्रिय युवा परिषद् नेपालका कम्प्युरट अर्पेटर तथा आई.एल.ओ प्रशिक्षक श्याम काजी खत्रीले नेपाल सरकारले सहुलियपूर्ण कर्जा जारी गरेको बताउनु भयो ।
अर्थ मन्त्रलायलले नबिल बैँकसँगको सहकार्यमा सुहिलतपूर्ण कर्जा दिने बताउनु भयो । २० लाख सम्म विना धितो युवाहरुले पेश गरेको प्रस्तावनका आधारमा कर्जा पाउने प्रावधान रहेको उहाँको भनाइ छ । राष्ट् बैँकको (क) वर्गमा परेका प्रत्येक बैँकको शाखाले प्रत्येक वर्ष १० वटा विजनेस र (ख) को बैँकले वर्षमा ५ वटा विजनेसमासहुलियपूर्ण कर्जा दिनै पर्ने उहाँले जानकारी गराउनु भयो ।
५ वटा समूहमा राखेर जुम्लाका ५ वटा होटेलमा युवा उद्यमी सम्बन्धी मंगलबारका दिनबाट तालिम सुरु हुने भन्दै उहाँले एउटा समूहमा २० जना युवाहरु रहने बताउनु भयो ।