युथ एथेलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा जुम्लाका तिनजना खेलाडि विजयी – Karnali News

युथ एथेलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा जुम्लाका तिनजना खेलाडि विजयी

 २० मंसिर २०७८, सोमबार १६:१५  

नौरते नेपाली, मंसिर २० जुम्ला
संघिय राजधानी काठमाण्डौँको दशरथ रंगाशालामा भएको युथ एथेलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा जुम्लाका तिनजना खेलाडि विजयी भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाबाट भाग लिएका तिन जना खेलाडि विजयी भएको अध्यक्ष सरोज शाहीले बताउनु भयो । ३ हजार मिटर दौड प्रतियोगितामा महिला तर्फ राममाया बुढा प्रथम र बन्धना बुढा द्धितिय भएको उहाँको भनाइ छ ।

अध्यक्ष शाहीका अनुसार यस्तै पुरूष तर्फ जुम्लाका प्रकाश कठायत प्रथम भएको बताउनु भयो । कर्णाली खेलकुद क्लव जुम्लाका ५ जना खेलाडि मध्य सोमबारको प्रतियोगितामा भाग लिएका तिनै जना खेलाडिले स्थान ओगटन सफल भएको उहाँको भनाइ छ । जुम्लाकै पुनम र सविता हिट चरण पार गरि फाईनलमा पुगेको शाहीले जानकारी गराउनु भयो ।

मंगलबार बिहान हुने ८ सय मिटर दौडमा बन्धना बुढा सहभागि हुनुका साथै चारै खेलाडीले रिलेमा भाग लिने अध्यक्ष शाहीको भनाइ छ । जुनियर च्यापियनसीप प्रतियोगितामा भाग लिएका सबै खेलाडिले मेडल, गोलमेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । कर्णाली खेलकुद क्लबको नियमित अभ्यासले गर्दा खेलाडिहरुले सफल्ता प्राप्त गरेका हुन् ।

जुम्लाको राजासिममा धावक हरीवहादुर रोकायाले प्रत्येक दिन खेलाडिहरुलाई एथेलेटिक्स अभ्यास गराउदै आउनु भएको छ । जुम्लाका एथेलेटिक्स खेलाडिहरुले नेपाल भित्र र नेपाल बाहिर हुने जुनसकै प्रतियोगितामा भाग लिदा जुम्लाको नाम राख्दै आएका छन् । घरेलु एथलेटिक्स लगभग शून्यको स्थितिमा दशरथ रंगशालामा युथ एथलेटिक्स च्याम्पियनसिप भएको हो । एथलेटिक्स परिवार नेपालले आयोजना प्रतियोगिता आयोजना गरेको हो ।

फोटो ः सरोज शाही