
एनिसा हमाल, मंसिर १७ जुम्ला
विभिन्न संघ संस्थाले सर्वेक्षण गरेको तथ्याङ्क अनुसार ८० प्रतिशत यौनजन्य हिंसा घर भित्रबाट हुने गरेका छन । सुरक्षित बसोवासको लागि घर भनिए पनि प्राय हिंसा घरभित्रै हुने गरेको तथ्याङ्घले जनाएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा संचालित लैकिङ्कतामा आधारित हिंसा र बाल विवाह न्युनिकरण सम्बन्धि तालिमका प्रशिक अधिवक्ता विन्द्रा महर्जनले यस्तो बताउनु भएको हो ।
उहाँका अनुसार ४० प्रतिशत घरेलु हिंसा सामान्य विवादले हुने गरेको छन । महिला हिंसाका विरुद्धमा धेरै राम्रा कानुन बने पनि कार्यान्वयनको अवस्था फितलो हुदा हिंसा बढ्दै गएको उहाँको भनाइ छ । अहिले पनि बाल विवाह, बहुविवाह, जवरजस्ती करणी लगायतका हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्नुको मुख्य कारण सत्ता, पुजी र शक्ति भएको अधिबक्ता मर्हजनको भनाइ छ ।
बलत्कार पछि हत्या गरिएका घटनाहरुमा सत्ता, पुजी र शक्तिकै कारण दोषिले सजाय नपाउनुले पनि अपराध गर्नेहरुलाइ हौसला मिलेको उहाँले बताउनु भयो । नेपाल लगायत विश्वका एक सय २५ देशमा घरेलु हिंसा विरुद्धको छुटै बिषेश कानुन निर्माण भइसक्दा पनि यसको सहि कार्यान्वय नहुदा यस्ता घटना बढेको उहाँले बताउनु भयो ।
प्राय कतिपयले हिंसा हुदा कुन निकायमा जाँदा न्याय पाइन्छ भन्ने कुराको जानकारी नहुदा पनि समस्या हुने गरेको महर्जनले बताउनु भयो । उहाँका अनुुसार घरेलु हिंसा सम्बन्धि उजुरी प्रहरी कार्यालयमा मात्र नभइ राष्ट्रिय महिला आयोग, स्थानीय तह वा सिधै अदालतमा लिखित वा मौखिक दुवै प्रक्रियाबाट पनि निवेदन दिन सकिन्छ ।
घरेलु हिंसा भएको भइरहेको वा हुन लागेको थाहा पाए जुनसुकै व्यक्तिले पनि हिंसा भएको ९० दिन सम्मा उजुरी दिन पाउने अधिबक्ता महर्जनले बताउनु भयो । घरेलु हिंसा गर्ने व्यक्तिलाइ तिन हजार देखि २५ हजार सम्मा जरिवान वा ६ महिना सम्मा कैद वा दुवै सजाय हुने उहाँले बताउनु भयो ।
सार्वजनिक पदमा कार्यररत व्यक्तिले हिंसा गरेका दश प्रतिशत थप सजाय हुने व्यवस्था कानुनमा भएको महर्जनको भनाइ छ । घटनाको प्रकृति हेरेर फरक फरक खालमा सजाय हुने उहाँले बताउनु भयो ।
त्यस्तै मन्जुर विना विवाह गरे गराएमा दुइ वर्ष कैद र २० हजार जरिवान, हाडनातामा विवाह गराउनेलाइ तिन महिना कैद र ३० हजार जरिवाना, वालविवाह गराएमा पनि तिन महिना कैद र ३० हजार जरिवाना, र विवाहमा लेनदेन गरेमा पनि सोहि जरिवाना र कैद हुने अधिवक्ता महर्जनको भनाइ छ । तालिममा कानुन, सजाय, बालविवाह भनेको के हो, घरेलु हिसां भनेको के हो र कानुनमा कस्ता खालका सजाय छन भन्ने विषयमा पनि छलफल भएको थियो ।