
नौरते नेपाली, मंसिर १७ जुम्ला
चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाले नयाँ स्किमको सुरुवात गर्न लागेको छ । सहकारीले शैक्षिक, होम र कृषि लोनको स्किम ल्याउने तयारी गरेको हो । शुक्रबारका दिन कार्य समिक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना गर्दै सहकारीले डाक्टर, पाइलट र इन्जिनियर पढ्नको लागि आर्थिक कम भएकाहरुलाई शैक्षिक लोन प्रवाह गर्ने नीति साधारणसभाबाट पारित गरि कार्यान्वयन गरिने अध्यक्ष खगेश्वर आचार्यले बताउनु भयो ।
यस्तै घर निर्माण गर्न लागेकाहरुलाई होम लोन र कृषि क्षेत्रमा केहि गर्न इच्छुक शेयर सदस्य तथा अन्य व्यक्तिलाई कृषि लोनको व्यवस्था गरिने पनि उहाँले बताउनु भयो । अध्यक्ष आचार्यका अनुसार प्रत्येक सदस्यलाई विभिन्न किसिमको ऋण प्रभावह गरिएको जानकारी गराउनु भयो । कोरोना कहरहको बेला ब्याजमा २ प्रतिशत छुट दिईएको उहाँको भनाइ छ ।
सहकारीले हालसम्म ५ करोड ८० लाख ७३ हजार ३ सय रुपैयाँ कारोबार गर्न सफल भएको अध्यक्ष आचार्यले जानकारी गराउनु भयो । गत वर्ष ६६ लाख २७ हजार आम्दानी गरेको भन्दै उहाँले त्यसमा ६० लाख ८४ हजार खर्च भएको बताउनु भयो । जम्मा ५ लाख ४३ हजार रुपैयाँ शुद्ध नाफा भएको अध्यक्ष आचार्यले बताउनु भयो ।
ऋण लगानीबाट गतवर्ष ५५ लाख ७९ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको भन्दै उहाँले चालु आर्थिक वर्षमा ६५ लाख आम्दानी हुने अनुमान गरिएको बताउनु भयो । जुम्लामा रहेका अन्य सहकारी भन्दा नौमुडे बचत तथा ऋण सहकारी संस्था हिसाब किताबमा चुस्त र दुरुस्त रहेको उहाँको भनाइ छ ।
अध्यक्ष आचार्यका अनुसार नियमनकारी नियकाबाट सहकारीहरुको अनुगमन र निरीक्षण हुन नसकेको बताउनु भयो । सहकारीले बचतको क्षेत्रलाई फराकिलो गर्दै भविष्यमा बैँक स्थापना गर्ने लक्ष्य राखेको सुनाउनु भयो । समिक्षा गोष्ठिमा उठेका विषयलाई साधारणसभाबाट पारित गरि कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
जिल्ला बचत संघका अध्यक्ष धनजित बुढाले नौमुडे बचत तथा ऋण सहकारी संस्थाले सुशासन कायम गरेको बताउनु भयो । समिक्षा गोष्ठिको आयोजना गरि हरेक शेयर सदस्यको हिसाब किताबलाई प्रष्ट पार्ने काम गरेको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । संघ सरकारबाट सहकारीलाई अस्तव्यस्त बनाउने काम भएको बुढाले बताउनु भयो ।
संघियताले सहकारीको अधिकार लुटेको उहाँको भनाइ छ । खारेजी हुनु पर्ने कार्यालय कायम रहेका छन उहाँले भन्नुभयो कायम हुनु पर्ने कार्यालय खारेजी भएका छन् । सहकारीले छरिएर रहेको पुँजिलाई एकिकृत गर्दै परिचालन गरेको बुढाले बताउनु भयो । अध्यक्ष बुढाका अनुसार नौमुडे बचत तथा ऋण सहकारी संस्थाको समिक्षा गोष्ठिमा उठेका सुझावलाई साधारणसभाबाट अनुमोदन गर्न सकेमा लोकप्रिय हुने बताउनु भयो ।
जिल्ला समन्वय समिति जुम्लाका सदस्य तथा सोहि सहकारीका पूर्व अध्यक्ष जयराज भारतिले शेयर सदस्यको हितमा सहकारीले काम गर्दै आएको बताउनु भयो । सदस्यहरुको जीवन स्तर सुधार गर्न र समस्या भएको बेला सदस्यले सहजै ऋण पाउन भन्ने उद्देश्य रहेको उहाँले सुनाउनु भयो । उहाँका अनुसार सबैको सतप्रयासबाट सहकारीलाई अझै राम्रो गर्न सकिने बताउनु भयो ।
ब्याज र ऋण असुलीमा सहकारीले फड्को मार्न सकेमा आम्दानीमा वृद्धि हुने उहाँले भनाइ छ । सहकारीको लागि हरहमेसा सहयोग गर्न तयार रहेको भारतिले बचनवद्धता गर्नु भएको छ । चन्दननाथ नगरपालिका जुम्लाका सहकारी शाखा प्रमुख सूर्यवहादुर रावतले सहकारी प्रति जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको बताउनु भयो ।
नौमुडे बचत तथा ऋण सहकारी संस्था बाँहेक अन्य सहकारीले नगरपालिकामा रिपोर्ट नबुझाएको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिकाले सहकारीहरुलाई नियमन गर्न लागेको भन्दै उहाँले सक्रिय र निस्क्रियको संख्या छुट्याइने बताउनु भयो । रावतका अनुसार चन्दननाथ नगरपालिका भित्र रहेका ५२ वटा सहकारीलाई नियमन र निर्देशन गर्ने तयारी नगरपाकिाले गरेको जानकारी गराउनु भयो ।
सहकारीका समस्या हल गर्नको लागि नगरपालिकाले अगुवाई गर्ने उहाँको भनाइ छ । चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थामा हाल ९ सय ४५ जना शेयर सदस्य रहेको सहकारीका व्यवस्थापक मीनवहादुर रोकायाले बताउनु भयो । उहाँका अनुसार लेखा परिक्षणको पाटोमा सहकारी मजबुद रहेको जानकारी गराउनु भयो ।
लगानी भएको ऋणबाट सहकारीले ८० प्रतिशत ब्याज असुली गर्न सफल रहेको रोकायाको भनाइ छ । चालु आर्थिक वर्षमा ६६ लाख २७ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य सहकारीले राखेको छ ।