
नौरते नेपाली, मंसिर १७ जुम्ला
तातोपानी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल माथि कार्यकक्षमै आक्रमणका साथै हातपात भएको छ । तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष गंगादेवि उपाध्यायका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायले हातपात गरेको बताइएको छ । प्रक्रिया नपुगेको योजनाको भुक्तानि माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न गरी प्रमुख प्रशासकिय अधिकृत धिताल माथि आक्रम भएको भन्दै तातोपानी गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले विज्ञप्ती जारी गर्दे घटनाको भत्र्सना गरेका छन् ।
गौतमवाडामा निर्माण भएको सेलार स्टोरको जग्गा पास नभएसम्म रकम दिन्न भन्दा विवाद भएको धितालले बताउनु भयो । सांसद विकास कोषको रकमबाट व्यक्तिको जग्गामा भवन निर्माण भएको धिताको भनाइ छ । उपाध्यक्ष स्वयमले आफु कार्यबहाक अध्यक्ष भएकाले आफ्नो आदेश अनुसार हालका मितिदेखि कार्यालयमा उपस्थित नहुन धम्कि दिएको विषयप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य कर्मचारीलाई काम गर्ने वातावारण नभएकाले मंसिर १९ गते आईतबार देखि सो विषयमा विवाद टुंगो नलागेसम्मका लागि कार्यालयका सम्पूर्ण काम कारबाही नहुने विज्ञप्तिमा लेखिएको छ । कर्मचारीको अनुपस्थितमा प्रत्यक्ष रुपमा सर्वसाधारणमा पर्न जाने असुविधा प्रति कर्मचाहरुले क्षमा समेत मागेका छन् ।
यता उपाध्यक्ष गंगादेवि उपाध्यायले गाउँपालिको कमकाजको सिलसिलामा कार्यालयमा गएको बेलामा मुख्यमन्त्री कार्यक्रम र सांसद बिकास कोषको रकम आफु अनुगमन समितिको संयोजकको नाताले रिपोर्ट दिदा पनि उपभोक्तालाई रकम नदिएर दुखदिने गरेको बताउनु भयो । सेलार स्टोरको रकम विना अनुगमन उपभोक्ताको खातामा हालि बैँकलाई चिठी लेखी खाता बलक गर्न लगाएको उहाँको भनाइ छ ।
उक्त रकम मलेप आएको बेला जागिरको डरले उपभोक्तालाई फकाई योजनाबाट घटेको पैसा फिर्ता गर्न लगाएको भन्दै उहाँले हिजोआज उपभोक्ताले खाता फुकुवा गरिपाउँ भन्दा पनि प्रमुख प्रसासकिय अकिृतले नमानेर रकम अट्काईएको बताउनु भयो । उपाध्यक्षले अनुगमनको रिपोर्ट दिदा पनि प्रमुख प्रसासकिय अधिकृतले भुक्तानि दिन नमानेको उहाँले बताउनु भयो ।
एक बर्ष अगाडि योजनाको रिपोर्ट दिदा पनि अहिलेसम्म नियतबस प्रमुख प्रसाशकिय अधिकृत धिताल, योजना शाखा, लेखा शाखा, प्राबिधिक शाखाको मिलोमतोमा अनुगमनको रिपोर्ट नआएको भन्दै अट्काउने काम भएको उहाँको आरोप छ । प्रमुख प्रशासकिय अधिकृतले सँधै कानुकाका कुरा गर्ने ? तर आफ्नो मन परेको ठाउको योजनाको भुक्तानि दिने गरेको उहाँले बताउनु भयो ।
जस्तै गिडिखोलाको खानेपानी को मुहान दर्ता नै नगरेर सम्झौता गरि पेस्की गएको छ । प्रमुख प्रशासकिय अधिकृतले श्रीमानको पक्ष लियर बोल्न आउने भनेर म उपाध्यक्ष माथि धम्कीपूर्ण भाषा बोलि हातपात गरि रहेको बेलामा अन्य कर्मचारी गोपिकृष्ण पाण्डे, ओमबहादुर चन्द, ऋषि केस उपाध्याय लगायतका कर्मचारीहरू मुख दर्शक बनेर हेरीराखेका बेलामा आफ्ना श्रीमानले मेरा सुरक्षाको लागि उठेकै हो ।
तर हातपात नगरेको उहाँको भनाइ छ । हाकिमले मलाई अपहेलित गरेको कारण मैले हाकिमलाई समातेकै हो । अब मलाई कर्मचारीहरूले अपेलिहित गरेर गाउपालिका कार्यालयमा नै म उपाध्यक्ष माथि हातपात भएको कारण मेरो पदको मानहानि गरेकाले अदालत जाने उहाँको भनाइ छ ।