
नौरते नेपाली, मंसिर १५ जुम्ला
कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट नेपालगंज जान लागेको ना ख प ४४३८ नम्बरको बस सिंजाको घोडेङ्गामा दुर्घटना भएको । दर्घटनामा परि चलाक र सहचालकको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन । बुधबार विहान ७ः४५ बजेतिर सिंजा गाउँपालिका वडा नम्बर १ घोडेङ्गामा बस दुर्घटना भएको उनको भनाइ छ ।
दुर्घटनामा परि दुईजना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रसाइले बताइन । उनका अनुसार घटना स्थलमा प्रहरी परिचालन गरिएको छ घटनाको भन्दै उहाँले एकिन विवरण आउन बाँकि छ । बस के ति कारणले दुर्घटना भएको हो ? केहि पनि नखुलेको प्रसाईले बताइन । घाइते भएकाहरुलाई सिंजा गाउँपालिकाको एम्बुलेन्सबाट जुम्ला सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने काम भइरहेको ।