
नौरते नेपाली, मंसिर १४ जुम्ला
जुम्ला कनकासुन्दरी ५ लुड्कु निवासि रमिला धमला खत्रीका दुई महिने नाबालक युवान खत्रीको बायाँ खुट्टा काट्नु परेको छ । खुट्टा काट्नको लागि रमिलासँग आर्थिक नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले निःशुल्क उपचार गरेको हो । मंसिर ११ गते भर्ना गरिएका दुई महिनाका युवानको मंगलबारका दिन बायाँ खुट्टा काटिएको छ ।
आगोमा परि दुवै खुट्टा जलेको हुनाले बायाँ खुट्टा काटेर फालेको रमिलाको भनाइ छ । प्रतिष्ठान सम्म ल्याउनको लागि पनि आर्थिक नहुँदा आफन्तले गाडिमा ल्याएर अस्पतालसम्म छोडेका उहाँको भनाइ छ । साथमा श्रीमान नभएकि रिमलाकाे आर्थिक अवस्था एकमदै कमोजार छ । गाउँमा अरुको जमिन अधियामा कमाउने गर्नु हुन्छ ।
दुई सन्तानकि आमा रमिलाको आँखामा आँसुको मुल छुटि रहेको छ । सुत्केरि भएको दुई महिनामै छोरा आगोमा परि खुट्टा काट्नु पर्दाको पिडाले उहाँको मन जलन भएको छ । ६ महिना देखि श्रीमान कृष्ण खत्री सम्पर्क विहिन रहेको उहाँको भनाइ छ । घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उहाँलाई अस्पतालमा खान र बस्न पनि समस्या भएको रमिलाले बताउनु भयो ।
नाबालक छोराको उपचार गर्न आएको पहिलो दिन उहाँलाई प्रतिष्ठाकै डाक्टरले खाना खुवाए भने त्यसपछिको खाना कर्णाली स्पोर्ट क्लबले खुवाइ रहेको छ । मंसिर ११ गते चुलो नजिकै सुताएको अवस्थामा नाबालक छोरो राखेको छ्यार्नाेबाट सल्केका आगोले दुवै खुट्टा जले पछि बाँया खुट्टा काट्नु परेको हो । दायाँ खुट्टाको नसाले अलिअलि काम गरेको हुनाले हालका लागि काटिएको छैन ।
तर, डाक्टरले दुवै खुट्टा काट्नु पर्छ भनेको रमिलाले बताउनु भयो । उहाँका अनुसार आर्थिक नभएकाले छोराको स्याहार सुसार गर्न भोलिका दिनमा नसक्ने भन्दै नाबालक छोरालाई घर लिन लाक्नु भएको थियो । प्रतिष्ठानले विना रकम उपचार गरिदिने भनेपछि खुट्टा काटनको लागि छोरालाई प्रतिष्ठानमा राख्नु भएको छ ।
अहिले रमिलासँग खाना खाने पनि रकम छैन । भोलिका दिनमा खुट्टा काटि सकेपछि कसरी छोराको पालन पोषण गर्ने चिन्ता उहाँलाई छ । घरमा बुढी सासु, रमिलाका ३ वर्षका जेठो छोरा, दुई महिनाको खुट्टा काटिएको नाबालक सहित चार जनाको परिवार छ । सबै परिवारको पालन पोषण गर्ने सबै जिम्मा रिमालाले धान्नु भएको छ ।
छोरा सानो हुँदा जसो तसो सुखदुख गरी पालन पोषण गरे पनि भविष्यमा दुःख हुने उहाँको भनाइ छ । कमाई खाने जमिन समेत नभएको बताउदै उहाले खुट्टा नभएको नाबालकको स्याहार सुसारमा ठुलो समस्या हुने सुनाउनु भयो । छोरा बाचे पनि भोलिका दिनमा कसरी पाल्ने चिन्ता उहाँलाई छ । छोरा बाच्नु भन्दा आफ्ना लागि मर्दा सजिलो हुने उहाँको भनाइ छ ।
नाबालक छोराको लागि सहयोग गर्न चाहने ईच्छुक व्यक्तिसँग रमिलाले सहयोगको आशा गर्नु भएको छ । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई उहाँले कर्णाली स्पोर्ट क्लबको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाता नम्बर ४०३०००६४७५०१ मा जम्मा गरिदिनु हुन अनुरोध गर्नु भएको छ । छोरा अपाङ्ग हुने चिन्ताले रमिलालाई खाएको खान पनि पचेको छैन् ।
यीन नाबालक युवनकी आमा रमिला