
एनिसा हमाल, मंसिर १० जुम्ला
मंसिर ९ जुम्ला । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहिबारबाट जुम्लामा पनि सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहिबार देखि अभियान सुरु भएको हो । मंसिर ९ गते देखि सुरू भएको अभियान मंसिर २४ गते सम्म चल्लने छ । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना र चन्दननाथ नगरपालिकाको १ देखि १० वटै वडा, सामाजिक विकास कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, ocmc महिला बालबालिका सेल, अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र, E.U, UNFPA / CMC नेपाल, क्याड नेपाल, फोएस जुम्ला र टि.पि.ओ नेपाल जुम्लाको सहयोग तथा समन्वयमा अभियान सुरु भएको छ ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले महिला विरूद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देश दिँदै अभियानको सफलताको कामना गर्नुभएको छ । महिला हिंसा अहिले पनि दिनप्रति दिन बढिरहेको भन्दै हिंसाको स्वरुप मात्रै परिवर्तन भएको मेयर सेजुवालले बताउनु भयो ।
हत्या, हिंसा, बलतकार मात्र हिंसा नभइ, कसैले कसैलाइ हेप्नु, नराम्रो नजरले हेर्नु, कसैलाइ कमजोर ठान्नु पनि हिंसा भएको उहाँले बताउनु भयो । महिला हिंसाका कारण ज्यान गुमाएका कयौं नारीहरुले न्याय नपाएकोमा दुःख व्यक्त गर्दै उहाँले धेरै जसो हिंसा घरभित्रै वा आफ्न्त बाटै हुने गरेको बताउनु भयो ।
कतिपयले आफ्नो वा परिवारको इज्जत जाने डरले हिंसा सहेर बस्ने गरेका छभने कतिपयले राजनीतिक दबाबले न्याय पाउन नसकेको उहाँले बताउनु भयो । हिंसा गर्नु भन्दा हिंसा सहनु झनै अपराध भएको भन्दै उहाँले हिंसाका विरुद्ध आवाज उठाउन र हिंसा सहेर नबस्न सबै महिलालाइ आग्रह गर्नुभएको छ ।
सहायक जिल्ला अधिकारी नन्दराम चौलागाइले नगरपालिकाले सुरु गरेको अभियान जिल्लामा मात्र नभइ गाउँगाउँका हिंसामा परेका महिलाहरु सम्म पुगि अगामी दिनमा महिला हिंसा न्युनिकरणमा सहयोग गरोस भनि अभियान सफलताको शुभकामाना दिनु भएको छ । यस्तै चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रसाशकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले पहिले संघीय सरकार हुदा महिला विकासले गर्ने काम अहिले स्थानिय सरकारको काँधमाा आएको भन्दै अभियानलाइ सफल बनाउन सक्दो सहयोग गर्ने बताउनु भयो ।
१६ दिन सम्म चल्ने अभियानको बिहिबार उद्घाटन मात्र भएकाले १० गते देखि नगरपालिकाका १० वटै वडामा महिला हिंसा विरुद्धका कार्यक्रम गर्ने, १० वटै वडाका हिंसामा परेका महिलालाई आवश्यकता अनुसार सहयोग गर्ने, एफ.एम रेडियोबाट जनचेतना मुलक सन्देश प्रसारण गर्ने र अन्तिम दिन बृहत्त कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने तयारी रहेको बुढ्थापाले बताउनु भयो । यो अभियानलाई सफल बनाउन सहयोग गर्न सम्पूर्ण सरोकारवाला निकाय लगायत सम्पूर्णलाइ उहाँले धन्यवाद दिनुभएको छ ।