जुम्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित – Karnali News

जुम्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

 १० मंसिर २०७८, शुक्रबार १२:२१  

नौरते नेपाली, मंसिर १० जुम्ला
जुम्लाबाट २५ जना नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट २५ जना प्रतिनिधि निर्वाचित भएको निर्वाचन अधिकृत हसिना प्रधानले बताउनु भयो । खुल्ला प्रत्यक्षतर्फ केन्द्रिय महाधिवेशनमा देवेन्द्रवहादुर शाही ५ सय ९, राजुसिंह कठायत ४ सय ९२, भक्तवहादुर रोकाया ४ सय ८१, दिनबन्दु श्रेष्ठ ४ सय ७९, धनवहादुर बस्नेत ४ सय ५१, कर्णजंग हमाल ४ सय ४१, गोविन्द वहादुर शाही ४ सय ३९,

गौरिन्द आचार्य ४ सय ३८, दिलवहादुर महत ४ सय ३८ र लंकवहादुर शाही ४ सय ३४ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै प्रत्यक्ष महिलातर्फ कान्तिका सेजुवाल ५ सय १२, भगवति श्रेष्ठ ४ सय ८१, पुन्नकलि महतारा ४ सय ४७ र गीता शाही सय ३४ मत ल्याएर केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ ।

खसआर्य पुरुष तर्फ ललितजंग शाही ५ सय १५, जयहरी आचार्य ५ सय, पदमवहादुर शाही ४ सय ७० र लक्ष्मी प्रसाद आचार्य ४ सय १२ मत ल्याएर निर्वाचित भएको प्रधानले बताउनु भयो । खस आर्य महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामदेवि खड्का ४ सय ७३, उर्मिला खत्री (भण्डारी) ४ सय ५०, उमा बुढा (रावत) ४ सय २३ र दिलकुमारी हमाल ४ सय २२ मत ल्याएर विजयी हुनु भएको छ ।

यसैगरि केन्द्रिय महाधिवेशन प्रतिनिधि दलित पुरुष तर्फ श्रीकृष्ण कामी ४ सय ६९ र महिला प्रतिनिधि तर्फ लक्ष्मी कामी ४ सय ६३ मत ल्याएर विजयी भएका् निर्वाचन अधिकृत प्रधानले बताउनु भयो । उहाँका अनुसार अल्पसंख्यक वा अपाङ्ग केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विष्णुवहादुर शाहीले ४ सय ५७ मत प्राप्त गर्दै विजयी भएको जानकारी गराउनु भयो । जम्मा खसेको ९ सय ८१ मतमा सर्वाधिक मत ल्याएर खस आर्य पुरुष महाधिवेशन प्रतिनिधिमा ललितजंग शाही ५ सय १५ र कान्तिका सेजुवाल ५ सय १२ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।