सभापतिमा देउवा पक्षका कर्णवहादुर शाही बिजयी, अन्य पदमा पौडेल पक्षका विजयी – Karnali News

सभापतिमा देउवा पक्षका कर्णवहादुर शाही बिजयी, अन्य पदमा पौडेल पक्षका विजयी

 ८ मंसिर २०७८, बुधबार १८:१५  

कालीवहादुर परियार, मंसिर ८ जुम्ला
नेपाली कांग्रेस जुम्लाको ७ औँ जिल्ला अधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९ सय ८१ मत मध्ये ४ सय ७४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दीपबहादुर शाहीले ४ सय ६९ मत प्राप्त गरी पराजय हुनु भएको हो ।

५ मतको अन्तरले संस्थापन देउवा पक्षका कर्ण बहादुर शाही विजयी भएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनु भयो । उहाँका अनुसार सभापति शाही बाहेक अन्य पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको छ । जसमा पौडेल पक्षका उपसभापतिमा दिपक शाही र कार्मा बुढा बिजयी हुनु भएको छ ।

उपसभापति शाहीले ५ सय १६ मत ल्याएर बिजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धि नन्दराम बुढाले ४ सय ५ मत ल्याई पराजय हुनु भएको छ । यस्तै अर्का उपसभापतिमा कार्मा बुढाले ४ सय ८६ मत प्राप्त गर्दै हुनु भएको छ । भने उहाँका प्रतिस्पर्धि मक्कर बहादुर हमालले ३ सय ७८ मत ल्याएर पराजय हुनु भएको छ ।

यस्तै सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाहीले बिजयी हासिल गर्नु भएको छ । सचिव कठायतले ५ सय १८ मत हासिल गरी बिजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धि दान बहादुर बुढाले ३ सय ७० मत हासिल गरी पराजय हुनु भएको छ । अर्का सचिवमा लक्ष्मण शाहीले ४ सय ५७ मत प्राप्त गरी बिजयी हुनु भएको छभने उहाँका प्रतिस्पर्धि घनश्याम थापाले ४ सय २९ मत प्राप्त गरी पराजय हुनु भएको छ ।

यस्तै सहसचिवद्वयमा नन्दप्रसाद चौलागाइले ५ सय मत प्राप्त गरी बिजयी हुनु भएको छभने उहाँका प्रतिस्पर्धि नवराज देवकोटाले ३ सय ८७ मत प्राप्त गरी पराजय हुनु भएको छ । अर्का सहसचिवमा धनेन्द्र बोहोराले ४ सय ४८ मत प्राप्त गरेर विजयी हुनु भएको छभने उहाँका प्रतिस्पर्धि धनबहादुर रावतले ४ सय १८ मत ल्याई पराजय भएको निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचन अधिकृत प्रधानका अनुसार खसेको कुल ९ सय ८१ मतमा ५ वटा मत बदर भएको बताउनु भयो । महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न चलि रहेको उहाँको भनाइ रहेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्राय सवै पद जित्दा सभापतिका उम्मेदवार दिप बहादुर शाही भने पराजित हुनु भएको छ ।

खसेका जम्मा ९ सय ८१ मत मध्य ५ वटा मत बदर भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।