
नौरते नेपाली, मंसिर ८ जुम्ला
नेपाली कांग्रेस जुम्लाको सभापतिको उम्मेदवारमा हालसम्मको मतपरिणामको नतिजा अनुसार कर्णवहादुर शाहीले अग्रता रहेको छ । ८ सय २७ मत गणना गर्दा सम्म सभापतिमा कर्णबहादुर शाहीको अग्रता कामयै रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले ४०४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी रामचन्द्र पौडेल प्यानलका सभापतिका उम्मेदवार दिपबहादुर शाहीले ३ सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।
त्यसैगरी,सचिवमा रामचन्द्र पौडेल प्यानलका सचिव अर्जुन कठायतले सबैभन्दा बढी ४ सय ३९ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिव पदमा लक्ष्मणबहादुर शाहीले ३ सय ८६ मत, घनश्याम थापाले ३६४ र दानबहादुर बुढाले ३ सय ७ मत प्राप्त गर्नुभएको छ ।
उपसभापतिमा दिपक शाहीले सबैभन्दा बढी ४ सय ३७ कार्मा बुढाले ४ सय ३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नन्दराम बुढाको ३ सय ५२ र मक्करबहादुर हमालले ३ सय ४४ मत गर्नुभएको सहायक निर्वाचन अधिकृत बस्नेतले बताउनुभयो । सभापतिमा देउवा पक्षीय शाहीले सात भोटले अग्रता कायम गर्नुभएको छ भने अन्य पदाधिकारीमा पौडेल पक्षकै अग्रता देखिएको छ ।
कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि जम्मा ९ सय ८१ मत खसेको थियो । मंगलबार दिउसो १ः०० बजेबाट मतगणना शुरु भएदेखि आज बिहान ६ः४० बजेसम्म ८ सय ३० मतगणना गरिएको हो । अब १ सय ५४ मतगणना गर्न बाँकी छ । महाधिवेशन प्रतिनिधिको भने गणना गर्न बाँकी रहेको जनाईएको छ ।