
नौरते नेपाली, मंसिर ७ जुम्ला
नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदान सकिएको छ । मतदान सकिएको र जम्मा ९ सय ८१ मत खसेको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो । सहायक मतदान अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार मतदान सकिएको र गणनाका लागि उद्योग बाणिज्य संघतिर लैजाने सहमति भएकाले त्यहाँ गएर दुवै प्यानलका उम्मेदवार बिच सहमति गरेर गणना गर्ने वा नगर्ने बिषयमा निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
कांग्रस सभापतिका उम्मेदवार दिपबहादुर शाही र कर्णबहादुर शाहीको प्यानल मैदानमा उत्रिएको छ । निर्वाचन मर्यादित रुपमा सम्पन्न भएको निर्वाचन अधिकृत प्रधानले बताउनु भयो । मतपत्र लामो भएकाले एकजनाले ५८ जनालाई एकैपटक भोट हाल्नुपर्ने भएको हुनाले थोरै समय लागेको उहाँको भनाइ छ । समय बढी लाग्ने भएको हुनाले १० वटा बुधमा भोट खसाल्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
सभापतिको लागि दुई जना उम्मेदवारहरु निवर्तमान सभापति दिपबहादुर शाही र कर्णबहादुर शाही मैदानमा उत्रीनु भएको छ । दिप बहादुर रामचन्द्र पक्ष र कर्णबहादुर शाही देउवा पक्षबाट हुनुहुन्छ । आम निर्वाचनको झल्को दिने खालको काँग्रेस निर्वाचनमा रामचन्द्र र देउवा पक्षको कडा प्रतिष्पर्धा हुने कार्यकर्ताहरुले बताइरहेका छन् ।
७ जना पदाधिकारी, २३ जना जिल्ला कार्यसमिति सदस्य र २५ जना महाविधेशन प्रतिनिधि पदका लागि मतदान भइ रहेको प्रधानले बताउनु भयो । पार्टी सभापतिमा संस्थापन देउवा पक्षबाट कर्णवहादुर शाही र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट दिपवहादुर शाहीका बिच प्रतिस्पर्धा हुँदैछ ।
पौडेल पक्षबाट उपसपभातिमा कार्मा बुढा र दिपक, पार्टी सचिवमा लक्ष्मणवहादुर शाही र अर्जुनसिंह कठायत (गोल्डेनले), सहसचिवमा नन्द प्रसाद चौलागाई र धनेन्द्र बोहोरा रहनु भएको छ । यस्तै देउवा पक्षबाट उपसभापतिमा नन्दराम बुढा र मक्कर वहादुर हमाल, सचिवमा दानवहादुर बुढा र घनश्याम थापा, सहसचिवमा नवराज देवकोटा र धनवहादुर रावत रहनु भएको छ ।
यसअघि वडा, पालिका र प्रदेश क्षेत्रको निर्वाचनमा रामचन्द्र पक्षको पकड बलियो छ । जिल्लाका आठ वटा पालिका मध्ये ६ वटा पालिका र दुवै प्रदेश क्षेत्रमा उसको पकड छ । यति हुँदा पनि पछिल्लो समय देउवा पक्षमा उत्साह बढेको देखिन्छ । धेरैले नयाँ नेतृत्व खोजिरहेका छन् । त्यसैले नेतृत्वको रुपमा कार्यकर्ताले नयाँ अनुहारको खोजी गरिरहेका छन् ।
काँग्रेस जुम्लाको निर्वाचनमा युवा पुस्ता आक्रामक रुपमा अगाडि आइरहेको छ । सचिवमा युवा पुस्ताका चार जनाबिच प्रतिस्पर्धा हुँदैछ । संस्थापन पक्षबाट सचिवमा दानबहादुर बुढा र घनश्याम थापाले उम्मेदवारी दिनु भएको छभने पौडेल पक्षबाट लक्ष्मण शाही र अर्जुनसिंह कठायतले उम्मेदवारी दिनु भएको छ । त्यसैगरी अन्य पदाधिकारी र सदस्य पदमा पनि युवा पुस्ताको उम्मेदवारी परेको छ ।
तर पाँच जनाको विकल्पमा उम्मेदवारी नपरेको हुनाले ५८ जनालाई मात्र हाल्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । कुल १ हजार १९ प्रतिनिधिमा झण्डै ९ सय ८१ जनाले मतदान गरेका छभ नभे बाँकि ३८ जना अनुपस्थित भएको काँग्रेसले जनाएको छ ।