पार्टी सभापतिमा दुई शाहीको मनोनयन दर्ता – Karnali News

पार्टी सभापतिमा दुई शाहीको मनोनयन दर्ता

 ४ मंसिर २०७८, शनिबार १८:२७  

नौरते नेपाली, मंसिर ४ जुम्ला
नेपाली काँग्रेस जुम्लामा संस्थापन देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका बिच घम्साघम्सी हुने भएको छ । मंसिर १ गतेका दिन सातौँ जिल्ला अधिवेशन उद्घाटन पछि सहमितमा जुटेका नेताहरुका बिच पदाधिकारीमा भागबण्डा नमिल्दा अन्तमा निर्वाचन हुने पक्का भएको हो । संस्थापन देउवा पक्षबाट पार्टी सचिव कर्णवहादुर शाही र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट वर्तमान पार्टी सपभाति दिपवहादुर शाहीले सभापति पदका लागि मनोनयन दर्ता गर्नु भएको छ ।

पौडेल पक्षबाट उपसपभातिमा कार्मा बुढा र दिपक शाहीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै पौडेल पक्षबाट पार्टी सचिवमा लक्ष्मणवहादुर शाही र अर्जुनसिंह कठायत (गोल्डेनले) मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत हसिना प्रधानले बताउनु भयो । पौडेल समूहबाट सहसचिवमा नन्द प्रसाद चौलागाई र धनेन्द्र बोहोराले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ ।

संस्थापन देउवा पक्षबाट उपसभापतिमा नन्दराम बुढा र मक्कर वहादुर हमालको मनोनयन परेको छ । पार्टी सचिवमा दानवहादुर बुढा र घनश्याम थापाले देउवा पक्षबाट मनोनयन दर्ता गराएको नेपाली काँग्रेस जुम्लाका महासमिति सदस्य गौरिनन्द आचार्यले बताउनु भयो । यस्तै सहसचिवमा नवराज देवकोटा र धनवहादुर रावतले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ ।

मंसिर ६ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने प्रधानले बताउनु भयो । जिल्ला अविधेशनका लागि प्रदेश (क) बाट ५ सय ७ र प्रदेश (ख) बाट ५ सय ११ जना प्रतिनिधि गरि जम्मा १ हजार १८ जनाले मतदान गर्न पाउने उहाँको भनाइ छ ।