
एनिसा हमाल, मंसिर ४ जुम्ला
विश्व शौचालय दिवसको अबसरमा चन्दननाथ नगरपालिका ५ कालेखोलीमा निर्माण भएको र्भसुलभ र सुविधा युक्त सार्वजनिक शौचालय उद्घाटन तथा हस्तान्तरण गरिएको छ । चन्दननाथ नगरपालिका र एस एन भी नेपालको आर्थिक सहयोग र सूर्य सामाजिक सेवा संघद्धारा निर्मित सार्वजनिक शौचालय शुक्रबारका दिन एक कार्यक्रमका बिच उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
फोएस जुम्लाका अध्यक्ष घनश्याम नगकरकेटी र एस एन भी नेपालका कर्मचारीहरुले चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाललाई शौचालयको चाबि हस्तान्तरण गरिएको हो । शौचालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले सार्वजनिक शौचालय निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने निकायलाइ धन्यवाद दिनुभएको छ ।
शौचालय उद्घाटन मात्र नभइ यसको दिगो व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले नगरपालिकाको हिउदे अधिवेशनमा यसलाइ महत्वका साथ छलफल गरिने मेयर सेजुवालले बताउनु भयो । नगरपालिकाको ५ नम्बर वडामा मात्र नभइ अन्य वडाहरुमा पनि यस्तै सुरक्षित शौचालय निर्माणमा एस एन भी नेपालले सहयोग गर्ने आशा राखेको उहाँले बताउनु भयो ।
साविकका कर्णालीका पाँच वटै जिल्लामा यस्तो व्यवस्थित शौचालय कतै पनि नभएको उहाँले बताउनु भयो । शौचालयका लागि महत्वपूर्ण मानिने पानी र बत्तिको व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने सेजुवालले बताउनु भयो । चन्दननाथ नगरपालिकाको १० नम्बर वडामा दश वर्षका लागि जग्गा लिजमा लिएर दिशाजन्य लेदो व्यवस्थापन गर्ने ठाउँ निर्माण गरेको र छिटै उद्घाटन गर्ने पनि उहाँले जानकारी गराउनु भयो ।
यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोल्डेन कठायतले महिलाको समस्यालाइ मध्येनजर गर्दै कणालीकै नमूना, आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण भएको बताउनु भयो । पातारासि र गुठीचौरबाट आउने प्रवेशद्धारमै शौचालय निर्माण भएको उहाँले बताउनु भयो । बजार भन्दा छेउतिर शौचालय निर्माण भएकाले यसलाइ पूर्ण रुपमा संचालन गर्न र सबैको प्रयोगमा ल्याउन पनि उतिकै चुनौती रहेकाले शौचालय अगाडी टहरा बनाउने र सवारी साधन पार्किङ्क गर्ने व्यवस्था मिलाउने वडाध्यक्ष कठायतले बताउनु भयो ।
शौचालय निमाार्ण गर्ने जिम्मा पाएको सूर्य सामाजिक सेवा संघका अध्यक्ष घनश्याम नगरकोटीले हरेक चुनौतीको सामाना गर्दै शौचालय निमार्ण गरी हस्तारण गर्न पाउदा खुसि लागेको बताउनु भयो । स्थानीय संस्था भएकाले पनि यसको व्यवस्थित संचालन र संरक्षणमा सधैँ सहयोग गर्ने उहाँको भनाइ छ । जुम्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भइ सकेको हुनाले सदरमुकाममा निर्माण भएको सुविधा सम्पन्न शौचालयको सरंक्षण गर्ने दायित्व सबैको हुन आउने उहाँले बताउनु भयो । शौचालयको सहि सदुपयोग गर्नको लागि टोल सुधार समिति गठन गरि संरषण गर्नु पर्ने उहाँको भनाइ छ ।
महिला, पुरुष, बालबालिका र अपाङ्ग सबैलाई प्रयोग गर्न मिल्ने शौचालय निर्माण गरेको वास प्रोग्रामका सल्लाहकार राजु श्रेष्ठले बताउनु भयो । निर्माण अवधि भन्दा केहि समय ढिला गरि काम सम्पन्न भएपनि नमूना काम भएको उहाँले बताउनु भयो ।
चन्दननाथ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढुथापाले शौचालय संचालन कसरी गर्ने भन्ने विषयमा छिटै कार्यपालिकाको बैठक बसि छलफल गर्ने बताउनु भयो । दातृ निकायले निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरेको शौचालयको संरक्षणको जिम्मेवारी नगरपालिकाको काँधमा आएको उहाँको भनाइ छ । ८५ लाख रुपैयाको लागतमा निर्माण भएको शौचालय नगरपालिकाको गौरव भएको बुढथापाले बताउनु भयो ।
शौचालय वरिपरि घरबार गर्ने र नगरपालिकाले सहि प्रयोग गर्न लगाउने उहाँको भनाइ छ । शौचालय उद्घाटन तथा हस्तान्तरण संगै चर्पीको प्रयोग तथा पैरवी गर्ने मेरो बाचामा उपस्थित सबैको हस्ताक्षर पनि गराइएको छ । उपस्थित सबैले शौचालय निर्माण गर्नुमात्र ठुलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनु पर्ने सुझाब दिएका छन् । कार्यक्रममा सरोकारवाला निकाय, कालेखोली टोल सुधार समिति र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।