जीप दुर्घटनामा परि एक जना महिलाको मृत्यु,, ८ जना घाइते – Karnali News

जीप दुर्घटनामा परि एक जना महिलाको मृत्यु,, ८ जना घाइते

 ४ मंसिर २०७८, शनिबार १७:०४  

नौरते नेपाली, मंसिर ४ जुम्ला

पातारासि गाउँपालिकाको बडिखोलीमा जीप दुर्घटनामा परि एकजना महिलाको ज्यान गएको छ । उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउदै गर्दा बाटोमै मृत्यु भइसकेको प्रतिष्ठानका निर्देशक डाक्टर पुजन कुमार रोकायाले बताउनु भयो । मृतको नाम नखुलेको उहाँको भनाइ छ । अरु दुई जनाको अवस्था गम्भिर रहेको बताउँदै उहाँले ५ जनाको अवस्था सामान्य रहेको बताउनु भयो ।

पातारासि गाउँपालिकाबाट जुम्ला दरमुकाम तिर आउँदै गरेको क १ ज ५८८४ नम्बरको बलेरो जीप बडिखोलीमा शनिबारका दिन दिउसो ३ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि दुई जना नाबालक सहित ९ जना घाइते भएका छन् । गम्भिर घाईते भएका एक जना महिला र एक जना पुरुषको नाम नखुलेको प्रहरीले जनाएको छ ।

घाईते हुने नाबालक पातारासि ५ जप्ना बस्ने वर्ष ६ का पुष्कर विष्टको टाउकोमा चोट लागेको छभने पातारासि ७ रीनि बस्ने वर्ष १० की ममता बोहोराको टाउको र मुखमा चोट लागेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनु भयो । यस्तै घाईते हुनेहरुमा पातारासि ३ छुमगाउँ बस्ने वर्ष १९ का रुपा बोहोराको दायाँ हातमा चोट लागेको छ ।

पातारासि ३ महरी गाउँमा बस्ने वर्ष ४९ का गोर्खवहादुर बुढाको दायाँ, हात र टाउकोमा सामान्य चोट लागेको उहाँले जानकारी गराउनु भयो । प्रसाईका अनुसार पातारासि ५ माथिलोर्प बस्ने वर्ष ५२ का पिङ्गरुप बुढाको ओठ, दायाँ हात र खुट्टमा चोट लागेको बताउनु भयो । यस्तै पातारासि ७ रीनि बस्ने वर्ष ४६ का दन्तकली बोहोराको पनि अवस्था गम्भिर रहेको प्रसाइको भनाइ छ ।

जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ । घोइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहेको प्रहरीले जनाएको छ । चालक फरार अवस्थामा रहेको र दुर्घटनाको कारण नखुलेको प्रहरीको भनाइ छ ।