
नौरते नेपाली, कार्तिक २९ जुम्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु भएको हो ।
स्वास्थ्य मन्त्रीको उक्त निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्धा दायर गर्नु भएको थियो । २३ कात्र्तिकमा प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाउनु भएको थियो ।
स्वास्य मन्त्रालयबाट २०७८ कार्तिक २३ गतेका दिन भएको निर्णय सुविधा र सुन्तलनको आधारमा निवेदनको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र नगराउनु र यतास्थितीमा राखी कार्य सुचारु गर्न दिनु भनि विपक्षीहरुको नाउमा उच्च अदालतको नियमावलि २०७३ को नियम ४२ बजोजिम आजदेश जारी गरिएको छ ।