
नौरते नेपाली, कार्तिक २७ जुम्ला
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि जुम्लाबाट ७ जना केन्द्रिय महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् । सर्वसहमतिका आधारमा प्रतिनिधि छनौट भएको नेकपा एमाले जुम्लाले जनाएको छ । खुल्लाबाट ४ जना प्रतिनिधिमा बलवहादुर महत, टेकराज पछाई, शान्तिलाल महत र रतननाथ योगि चयन हुनु भएको छ ।
यस्तै महिला प्रतिनिधिहरुमा मेनका पछाई र चुकि शाही चयन हुनु भएको छ भने दलित प्रतिनिधिमा राम नेपाली छनौट भएको नेकपा एमाले जुम्लाले जनाएको छ । संघ तर्फबाट प्रतिनिधिमा धिरेन्द्रराज गिरी र प्रदेश तर्फबाट प्रतिनिधिमा डाक्टर कुसेन्द्र महत चयन भएको नेकपा एमाले जुम्लाका पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो ।
सर्वसहमतिका आधारमा महाधिवेशन प्रतिनिधि छनौट भएको उहाँको भनाइ छ । जुम्लाका ६० वटा वडा र आठ वटा स्थानीय तहबाट ७ सय ५१ महिला र २ हजार ४ सय ४५ जना पुरुष गरि जम्मा ३ हजार १ सय ९६ जना संगठीत सदस्यहरुबाट २ सय २५ जना जिल्ला प्रतिनिधि छनौट भएका थिए । जसमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुल्ला र समावेशी गरि १५ संगठित सदस्य बराबर एक जना जिल्ला प्रतिनिधि छनौट भएर आएकाहरुले महाधिवेशन प्रतिनिधि छनौट गरेका हुन् ।
प्रतिनिधि छनौट भेलालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्वराज्य मन्त्री बलहावदुर महतले एकता र सर्वसहमतिका आधारमा दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताउनु भयो । नेकपा एमालेलाई कमजोर गर्न स्वदेशी तथा विदेशी प्रतिक्रियावादि शक्तिहरु लागेको उहाँले बताउनु भयो ।
परमादेशबाट गठन भएको सरकारले नेपाली जनताको पक्षमा काम गर्न नसकेको प्रति महतले आलोचना गर्नुभयो । महाधिवेशन पछि नेपालको ठुलो राजनीतिक शक्तिका रुपमा नेकपा एमालेको उद्य हुने उहाँको भनाइ छ । केन्द्रिय महाधिवेशनका प्रतिनिधि जुम्लाबाट सर्वसहमतिका आधारमा छनौट भएको उहाँले जानकारी गराउनु भयो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य डाक्टर कुसेन्द्र महतले नेकपा एमाले भित्र आन्तरिक गुट नभएको बताउनु भयो । पार्टी भित्र अन्तरविरोध नरहेको भन्दै महतले २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थानपित भएको पार्टी वैचारीक र राजनीतिक रुपमा अग्रपंतिमा रहेको सुनाउनु भयो । नेकपा एमाले प्रदेश कमिटी सदस्य धिरेन्द्रराज गिरीले जननेता मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद स्थापीत भएको बताउनु भयो ।
नेपाली क्रान्तिको सिद्धान्तमाका रुपमा जबज सर्वस्वीकार्य भएको गिरीले बताउनु भयो । दक्षिणपन्थि, अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । यस्तै प्रदेश कमिटी सदस्य रतननाथ योगिले नेपाली जनताको लोकप्रिय पार्टी नेकपा एमाले भएको दावी गर्नुभयो ।
वर्तमान सरकारले जनविरोधि काम गर्दै गएको भन्दै उहाँले जनपक्षिय काम नेकपा एमालेको पालामा भएको बताउनु भयो । उहाँका अनुसार दशौँ महाधिवेशनले आगामी निर्वाचनको बाटोलाई तय गर्ने भएकाले आम नेता कार्यकर्तालाई संगठन विस्तारमा सहभागि हुन आग्रह गर्नु भएको छ ।
प्रदेश कमिटी सदस्य मेनका पछाईले अतिवादसँग बैचारिक तथा राजनीतिक संघर्ष गर्दै नेकपा एमाले यो स्थानसम्म पुगेको बताउनु भयो । नेकपा एमालेको शक्ति देखेर अन्य राजनीतिक पार्टीलाई टाउको दुखाइको विषय बनेको उहाँको भनाइ छ । नेपाली जनताको भरोसा नेकपा एमाले प्रति रहेकाले सूर्य चिन्ह लोकप्रिय बनेको पछाइले बताउनु भयो ।
अर्का प्रदेश कमिटी सदस्य मेनका रेग्मीले नेकपा एमालेको शक्तिसँग अन्य पार्टीले मुकामबिला गर्न सक्ने अवस्था नरहेको बताउनु भयो । गठबन्धन सरकारले एक पछि अर्काे काम गलत गर्दै आएको भन्दै उहाँले यो गबन्धनको आयु छोटो भएको बताउनु भयो । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले गठबन्ध सरकारले न्यायलयको रमिता हेरी रहेको बताउनु भयो ।
बुढानिलकण्ठमा सुतेका सेरशवहादुरलाई प्रधानमन्त्री भइदिन प्रचण्डाले हारगुहार गरेको उहाँको आरोप छ । प्रचण्डलाई बाँदरको संज्ञा दिदै उहाँले भन्नुभयो बाँदरले न आफ्नो घर बनाउछ नअरुको घर बनाउन दिन्छ । नेपालको राजनीतिमा प्रचण्ड सबै भन्दा झ्याली र फटाहरुको समूहको नाइके भएको आरोप महतले लगाउनु भयो ।
नेकपा एमालेको शक्ति देखेर प्रचण्ड र समाजवादीका नेताहरुलाई खपि नसक्नु भएको उहाँले बताउनु भयो । अध्यक्ष महतका अनुसार नेकपा एमालेले आउदो चिनर्वाचनमा सबैसँग हिसाब किताब गर्ने बताउनु भयो ।