
नौरते नेपाली, कार्तिक २५ जुम्ला
मुख्यमन्त्री कपको लागि जुम्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पछि पहिलो खेल पातारासि गाउँपालिका र तातोपानी गाउँपालिका बिच भएको थियो । तातोपानी गाउँपालिकाको टीमलाई सोझो तिन सेटले पराजित गर्दै पातारासि गाउँपालिकाको टीम विजयी भएको छ ।
यस्तै दोस्रो खेल हिमा गाउँपालिका र गुठीचौर गाउँपालिकाको बिच भएको छ । दुई÷दुई सेटको बराबरीमा १५÷११ मा १५ अंक ल्याएर गुठीचौर गाउँपालिकाको टीम विजयी भएको रेफ्रि लक्ष्मीवहादुर रावलले जानकारी गराउनु भयो । भोली पहिलो खेल महिला तर्फ तातोपानी र पातारासी गाउँपालिकाको टीमका बिच हुने उहाँको भना छ ।
दोस्रो खेल पुरुष तर्फ कनकासुन्दरी र पातारासि गाउँपालिको बिच प्रतिस्पर्धा हुने रावलले जानकारी गराउनु भयो । विहान आठ बजेबाट खेल संचालन हुने रेफ्रि रावलले जानकारी गराउनु भयो । उद्घाटन सत्रमा बोल्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले खेलाडिहरुमा अर्जुन दृष्टि हुनु पर्ने बताउनु भयो ।
अबको पाँच वर्षपछि राष्ट्रिय खेलमा विजयी हुने गरि तयारी गर्न उहाँले खेलाडिहरुलाई सुझाव दिनु भएको छ । आवसीय व्यवस्था सहित खेलाडिहरुका लागि लगानी गर्न आवश्यक रहेको भण्डारीको भनाइ छ । उहाँका अनुसार स्थानीय तहले रणनीति बनाएर खेल क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
पूर्व मन्त्री भण्डारीले समृद्धि र स्वास्थ्यका लागि खेल क्षेत्र महत्वपूर्ण भएको बताउनु भयो । एक फकर प्रशंगमा उहाँले जुम्लाले डाक्टर उत्पादन सुरु गरेको बताउनु भयो । कुनै बेला डाक्टरको अभाव भोगेको जुम्लाले अब उत्पादन सुरु गरेको भन्दै इतिहास बदलिएको बताउनु भयो । जुम्लाको परिचय बदलिएको भन्दै भण्डारी अब समृद्धिको यात्रा तिर सहभागि हुनु पर्ने जानकारी गराउनु भयो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्यले खेल क्षेत्रको विकास लागि प्रतियोगिता महत्वपूर्ण भएको बताउनु भयो । गुठीचौर गाउँपालिकाको सहानुभूति र सहयोगले झारज्वालामा प्रतियोगिता भएको उहाँको भनाइ छ । सदरमुकाम बाहिर पहिलो पटक भएको भलिबल प्रतियोगिताले जिल्लामा राम्रो सन्देश जाने उहाँले जानकारी गराउनु भयो ।
खेलाडिहरुलाई अनुसाशित र मर्यादित भएर खेलमा सहभागि हुन उहाँले आग्रह गर्नु भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेको अध्उक्षतामा प्रतियोगिता सुरु भएको हो । विहिबारबाट सुरु भएको प्रतियोगिता २७ गतेका दिन सकिने आयोजकले जनाएको छ ।
नकआटका आधारमा संचालन भइ रहेको खेलमा पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमको सहभागिता रहेको छ । चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकाले प्रतियोगितामा भाग नलिएको अध्यक्ष पाण्डेले जानकारी गराउनु भयो । महिला र पुरुषको समूहलाई प्रथम पुरस्कार रासी ५० हजार र द्धितिय पुरस्कार रासी ३५ हजार सहित मेडल दिइने उहाँको भनाइ छ ।
प्रतियोगिताबाट समूह छनौट गर्ने नभइ त्यहाँ भित्रका उत्कृष्ट खेलाडि छनौट गर्न प्रतियोगिताको आयोजना गरिएको पाण्डेले बताउनु भयो । उहाँका अनुसार छनौट भएका खेलाडिहरुलाई एक महिनासम्म आन्तरिक प्रशिक्षण दिइने जानकारी गराउनु भयो । जुम्लामा लामो समयदेखि भलिबल प्रतियोगिता नभएको हुनाले जुम्लाका खेलाडि पहिचान गर्न पनि यसले सहयोग गर्ने आशा राखिएको अध्यक्ष पाण्डेको भनाइ छ ।
जिल्लाको खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता कोशेढुङ्गा सावित हुने अपेक्षा जिल्ला खेलकुद विकास समितिले लिएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजना र गुठीचौर गाउँपालिका जुम्लाको सहआयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।