नेपाल निजामति कर्मचारी संगठनको जिल्ला स्तरीय भेला सकियो – Karnali News

नेपाल निजामति कर्मचारी संगठनको जिल्ला स्तरीय भेला सकियो

 २४ कार्तिक २०७८, बुधबार ०६:५९  

नौरते नेपाली, कार्तिक २४ जुम्ला

नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति जुम्लाको जिल्ला स्तरीय भेला सकिएको छ । उक्त भेलाले अधिवेशन आयोजक समिति गठन गरेको छ । गणेश आचार्यको संयोजकत्वमा २३ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको हो । आउँदो पुष मसान्त भित्र नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमितिको अधिवेशन आयोजना गर्ने गरि अधिवेशन आयोजक समिति गठन गरेको बताईएको छ ।

भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा पूर्वराज्य मन्त्री बलहादुर महतले कर्मचारी संगठनलाई विगतको नेतृत्वले छायामा राखेको आरोप लगाउनु भयो । सरुवा र बढुवाका नाममा आफु मोटाउने बाँहेक अन्य काम नभएको उहाँको भनाइ छ । महतका अनुसार विगतमा संगठनमा आवद्ध भएकाहरु घुस खाने र खुवाउने कार्यमा बढी सहभागि भएको बताउनु भयो ।

नेकपा एमाले निकट रहेको संगठनको छवि र सिद्धान्तलाई धमिल्याउने काम कर्मचारी संगठनले विगतमा गरेको प्रति महतले आपत्ति प्रकट गर्नुभयो । बिचार र सिद्धान्तमा एमाले बलियो भएकाले अरु पार्टीले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाइ छ । पूर्व राज्यमन्त्री महतका अनुसार माधवकुमार नेपाल निकटका कर्मचारीहरु विगतमा संगठनको मुख्य पदमा बसेकाले उनिहरुले संगठनका नाममा बम्रलुट गरेको टिप्पणी गर्नुभयो ।

संगठन ध्वस्त पार्ने देखि आफु मोटाउने बाँहेक सांगठनिक हितका निम्ति सिन्कोभाँचि दुई काम नभएको उहाँको भनाइ छ । नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले पहिलो पटक भेला कार्यक्रमको आयोजना गरि कर्मचारीको हकहित गर्न खोजेको प्रति उहाँले धन्यावद समेत दिनु भएको छ ।

प्रदेश कमिटी सदस्य तथा विदेश विभाग सदस्य डाक्टर कुसेन्द्र महतले राष्ट्र सेवाका लागि खटिएका कर्मचारीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सुझाव दिनुभयो । अन्य संगठनका कर्मचारीको तुलनामा नेकपा एमाले निकट निजामति कर्मचारी संगठन व्यवसायिक र मर्यादित भएर गुणस्तरीय सेवा प्रवाह गर्न उहाँले आग्रह गर्नु भएको छ ।

अन्य निजामति कर्मचारीलाई विधि, प्रक्रिया र व्यवासयिकताका बारेमा अनुशरण गर्न योग्य काम गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य धिरेन्द्रराज गिरीले विगतमा कर्मचारी संगठन पार्टीसँग नजोडिएको बताउनु भयो । पार्टीको सिद्धान्त र हित विपरित निजामति संगठनले काम गरेको उहाँको ठहर छ ।

नेपाल निजामति कर्मचारी संगठनले विगतमा एक पटक पनि भेला र गोष्ठि केहि पनि नगरेको उहाँको भनाइ छ । गिरीका अनुसार विधि र प्रक्रिया विपरित विगतमा संगठनले काम गरेको भन्दै आफु निकट व्यक्तिलाई सरुवा र बुढवा गर्ने काम गरेको जानकारी गराउनु भयो । कर्मचारी सरुवा र बढुवाका नाममा एमालेको ठुलो संगठनको नाताले कमिसनको खेलोमेलो बाँहेक अन्य काम भएको आफ्नो जानकारीमा नरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

संगठनका नाममा फाइदा लिनेहरुले पार्टीको समेत इजत हालेको उहाँको भनाइ छ । नामले नेपालमा समाजवाद नआउने भन्दै गिरीले जनपक्षिय काम गरेमा समाजवाद आफै आउने बताउनु भयो । तिला गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य रतननाथ योगिले लामो समयपछि एकै थालोमा पार्टीको रोहोबरमा कार्यक्रम भएको प्रति खुसी प्रकट गर्नुभयो ।

व्यक्तिको प्रभावले नेपाल निजामति कर्मचारी संगठनलाई कमजोर पार्न काम भएको उहाँले बताउनु भयो । पढेलेखेका कर्मचारीहरु व्यक्तिवादि सिद्धान्त र प्रलोभनमा नपर्ने पनि उहाँले जिकिर गर्नु भयो । निर्वाचनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले निष्पक्ष रुपमा काम गर्नु पर्ने अध्यक्ष योगिको भनाइ छ  ।

नेपाल निजामिति कर्मचारी संगठन जिल्ला कार्यसमिति जुम्लाका सदस्य गणेश आचार्यले कर्मचारीको नाममा बम्रलुट गर्नेहरुको विरुद्ध एकजुट भएर लड्ने बताउनु भयो । विगतमा संगठनका नाममा भएका कमजोरीलाई सुधार गर्दै सुदृढंगले काम गर्ने बताउनु भएको छ ।

आचार्यको अध्यक्षतामा भएको कार्यक्रमले नेपाल निजामति कर्मचारी संगठनको भलाइ र पेशागत हितका लागि काम गर्ने भएको छ । संगठन प्रति आस्था राख्ने तर प्रभावमा परेका कर्मचारीलाई समयमै संगठनमा फर्किन पनि आचार्यले आग्रह गर्नु भएको छ ।