
नौरते नेपाली, कार्तिक २२
गुठीचौर गाउँपालिका वडा नम्बर ४ चौबिगारे गाउँका युवाहरुले जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । तिहारको अवसरमा गाउँमा रहेका रोजगार युवाहरुले आर्थिक संकलन गरि जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । गाउँ भित्र रहेका ७ जना पुरुष र ६ जना महिलालाइ सम्मान गरिएको स्थानीय विमल पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेष्ठ नागरिकलाई सम्मान गरेमा मन खुसी हुने भएकाले सम्मान गरिएको बताउनु भयो । जेष्ठ नागरिक सन्तुष्टि भएमा युवाहरुको मन त्यतिकै खुसी हुने उहाँको भनाइ छ । जेष्ठ नागरिकलाई खानपिन सहित सम्मान गरिएको अर्का स्थानीय युवा कमल पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार पुरुष जेष्ठ नागरिकलाई गलबन्दि र महिला जेष्ठ नागरिकलाई पछुरा दिइएको जानकारी गराउनु भयो । जेष्ठ नागरिकलाई अहिले सम्मान गरेमा भोली नयाँ पिडिले पनि आफुलाई सम्मान गर्न उहाँको भनाइ छ । संस्कारको विकास गर्नको लागि जेष्ठ नागरिकलाई सम्मान गरिएको उहाँले बताउनु भयो ।
गाउँ भित्र रहेका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खानपिन सहित सम्मान गरिएको अर्का स्थानीय युवा केवल पाण्डेले जानकारी गराउनु भयो । गाउँमा सकरात्मक संस्कारको विकास गर्नको लागि जेष्ठ नागरिकलाई सम्मान गरिएको उहाँले बताउनु भयो । वर्षभरी रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेका युवाहरु तिहारको अवसरमा मौकाछोपि घरमा आएको बेला जेष्ठ नागरिकलाई सम्मान गरिएको उहाँको भनाइ छ ।
चाठपर्वको बेला फजुलमा हुने खर्च रकमलाई बचाएर जेष्ठ नागरिकलाई सम्मान गरिएको यो पहिलो पटक भएको उहाँले जानकारी गराउनु भयो । जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यले उनिहरु सारै खुसी भएको केवल पाण्डेको भनाइ छ । पाण्डेका अनुसार रोजगार भएका युवाहरुले रकम संकलन गरि तिहारको अवसरमा सम्मान गर्न पाउदा मनखुसी भएको सुनाउनु भयो ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यलाई अन्य गाउँका युवाहरुलाई पनि सिकाइ हुने उहाँको बुझाइ छ । पाण्डेका अनुसार अरु बेला जेष्ठ नागरिकका लागि केहि गर्न नसकिने भएकाले चाडपर्वको बेला उनिहरुलाई सम्मान गर्दा राम्रो सन्देश जाने बताउनु भयो । चौबिगारे गाउँका युवाहरुले गरेका सम्मानले त्यहाँका जेष्ठ नागरिकहरु खुसी भएका छन् ।