प्लाष्टिकका माला विस्थापित गर्दै स्थानीय फुलका मालाले बजार लिए – Karnali News

प्लाष्टिकका माला विस्थापित गर्दै स्थानीय फुलका मालाले बजार लिए

 १९ कार्तिक २०७८, शुक्रबार १६:०६  

नौरते नेपाली, कार्तिक १९ जुम्ला
जुम्लामा यो वर्ष आयतित प्लाष्टिकका माला भन्दा रैथाने फुलका मालाले बजार लिएको छ । जुम्लामै उत्पादन भएका सयपत्रि र मंखमली फुलका मालाको किनबेच बढी भएको छ । आयतित फुलको मालाको व्यापार आदाले घटेको व्यापारीहरुले बताएका छन् । जुम्लाका विभिन्न गाउँमा उत्पादन भएका सयपत्रि फुलका मालाले बजार भरीभराउ भएपछि आयतित मालाको व्यापार आदाले घटेको हो ।

आयतित प्लाष्टिकका माला पसलमा राखेपनि खासै विक्रि नभएको न्यु मिलन स्टोर एण्ड सप्लायर्सका संचालक विष्णु रोकायाले बताउनु भयो । बजारमा सयपत्रि फुलको माला बढी आएकाले प्लाष्टिकका मालाको व्यापार नभएको उहाँको भनाइ छ । यस्तै न्यु निशा फलफुल एण्ड कस्मेटिक पसलका संचालक संगीता महताराले पनि प्लाष्टिकका माला विक्रि नभएको बताउनु भयो ।

२० देखि १ सय ५० रुपैयाँ सम्मका प्लाष्टिकका माला भए पनि सोचे जस्तो व्यापार नभएको उहाँको भनाइ छ । गाउँमा उत्पादन भएका सयपत्रि फुलका मालाका कारणले यो वर्ष प्लाष्टिकका माला विक्रि नभएको उहाँको बुझाइ छ । जुम्लाका विभिन्न पसलमा विक्रिका लागि राखिएका प्लाष्टिकका माला विक्रि नभएको व्यापारीहरुले बताएका छन् ।

तुलनात्मक रुपमा गएका वर्षहरुमा जति प्लाष्टिकका मालाले बजार लिएका थिए यो वर्ष आदा भन्दा बढीले प्लाष्टिकका मालाको खपत काम भएको छ । जुम्लाको पातारासि, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका भित्रका विभिन्न गाउँका स्थानीयले सयपत्रि फुलका माला बजारमा ल्याएर विक्रि गरेपछि आयतित मालाको व्यापार ह्वतै घटेको हो ।

गएका वर्षहरु भन्दा यो वर्ष सयपत्रि पूmलको व्यापार राम्रो भएको चन्दननाथ नगरपालिका ६ का बासमति खत्रीले बताउनु भयो । गतवर्ष सयपत्रि फुलको व्यापार खासै राम्रो नभएको भन्दै उहाँले यस वर्ष राम्रो व्यापार भएको बताउनु भयो । बजारमा सयपत्रि फुलको माला विक्रि गर्न आएकाहरुले २० देखि १ सय रुपैया सम्म एउटा माला विक्रि गरेका छन् ।

माला किन्न आउने उपभोक्ताले फुलको माला बढी रुचाएकोे उहाँको भनाइ छ । व्यापारी प्रयोजनका लागि नभइ दशैँ र तिहारमा घरका लागि प्रयोग गर्न लगाइएको फुलबाट यो वर्ष राम्रो आम्दानी भएको चन्दननाथ नगरपालिका ८ का स्थानीय गोरिकला रोकायाले बताउनु भयो । घरको बारी वरिपरि सौन्दर्यका लागि लगाइएको सयपत्रि फुलबाट राम्रो आम्दानी भएको उहाँको भनाइ छ ।

जुम्ला श्रीनगरका विष्णुदेवि भण्डारीले ८ हजार रुपैयाँको सयपत्रि फुलको माला बेचेको बताउनु भयो । तिहारकै लागि जुम्लाका बसन्ति रावलले काठमाण्डौँबाट १० हजारको मंखमली पूmलको माला मगाउनु भएको थियो । जुम्लामा मंखमली फुल खासै नपाइने भएकाले काठमाण्डौँ माला मगाएको उहाँले बताउनु भयो ।

सबै माला विक्रि भइ सकेको उहाँको भनाइ छ । तिहारको बेला उपभोक्ताहरुले प्लाष्टिकको भन्दा मंखमली र सयपत्रि फुलका माला बढी रुचाउने गरेको उहाँले बताउनु भयो । प्रति माला १ सय रुपैयाँमा विक्रि गरेको उहाँले बताउनु भयो । रावलका अनुसार जुम्लामा मंखमली फुलको खेति नभएकाले बाहिरबाट मगाउनु परेको बताउनु भयो ।

चन्दननाथ नगरपालिका ७ राममाया रावलका अनुसार आयतित भन्दा आफ्नै ठाउँमा उत्पादन भएको फुलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुने बताउनु भयो । गत वर्ष झण्डै ७ हजार बराबरको सयपत्रि पूmलको माला उहाँले बेच्नु भएको थियो । यो वर्ष पनि उहाँले झण्डै ६ हजार बराबरको पूmलको माला बेच्नु भएको छ ।

बगैँचा वरिपरि लगाएको फुल टिपेर बजारमा माला विक्रि गर्न ल्याएको उहाँको भनाइ छ । लगाउँदा पनि सोभा देखिने भन्दै उहाँले आयतित माला भन्दा स्थानीय फुलको मालालाई स्थानीयले महत्व दिएको जानकारी गराउनु भयो ।कृषि विकास कार्यालय जुम्ला प्राविधिक सहायक लछिराम महतका अनुसार जुम्लाको बुढथावाडा, बोहोरा गाउँ र बजारका केहि ठाउँमा मंखमली फुल लगाइएको बताउनु भयो ।

जुम्लाका जताततै सयपत्रि फुल फुल्ने भएकाले किसानहरुले व्यापारी प्रयोजन भन्दा पनि मनखुसीले फुल लगाउने गरेको बताउनु भयो । जुम्लामा दशैँको बेला घट्स्थापनाको दिनमा घरमा पूmल लगाउन, तिहारमा माला बनाउन र चन्दननाथ भैरवनाथ मन्दिरमा चढाउनको लागि पूmल लगाउने गरेको जानकारी गराउनु भयो ।

महतका अनुसार व्यवसायिक रुपले फुलको खेति कतै पनि नभएको बताउनु भयो । आयतित मालालाई विस्थागित गर्न किसानहरुले तिहारमा सयपत्रि र मंखमली फुलको माला विक्रि गर्नु एकदम राम्रो कार्य भएको उहाँको भनाइ छ । जुम्लामा आगामी दिनमा सयपत्रि फुलको व्यवसायिक खेति गर्न सकिने उहाँले बताउनु भयो ।

सित र तुसारोले गर्दा पुष्पखेति जुम्लामा जोखिम भएपनि किसानहरुले कृषिको प्रस्ताव पेश गर्दा पुष्पखेतिलाई पनि समावेश गर्न उहाँले आग्रह गर्नु भएको छ । कृषि विकास कार्यालयले पुष्प खेतीलाई प्राथमिकता दिएपनि किसानहरुले प्रस्ताव नगरेको उहाँले जानकारी गराउनु भयो । प्राविधिक सहायक महतका अनुसार आगामी दिनमा जुम्लामा उत्पादन हुने सयपत्रि पूmलको खेतीलाई व्यवसायिकरण गर्न पहल गरिने बताउनु भयो । पुष्प खेती गर्दा पूmलको बास्नाले किराहरु भाग्ने भएकाले प्राविधिक हिसाबले यो खेती निकै राम्रो हुने उहाँले बताउनु भयो ।