
नौरते नेपाली, कार्तिक १९ जुम्ला
जुम्लामा पहिलो पटक भएको दोहोरी गित प्रतियोगिताको उपाधि तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा रहेको देवदेयार दोहोरी टीम प्रथम भएको छ । सूर्य डाँगीले नेतृत्व गरेको टीम प्रथम भएको हो । गुठीचौर गाउँपालिका वडा नम्बर ४ मा रहेको चिमारामालिका दोहोरी टीम द्धितिय भएको छ । राज्यलक्ष्मी अधिकारीले उक्त टीमको नेतृत्व गर्नु भएको थियो ।
यसैगरि चन्दननाथ नगरपालिका वडा नम्बर १० को कार्तिक स्वामि दोहोरी टीम तृतिय भएको छ । उक्त टीमको नेतृत्व देवकि खत्रीले गर्नु भएको थियो । प्रथम हुनेलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र दिइएको छ भने द्धितिय हुने टीमलाई नगद १० हजार, मेडल र प्रमाण दिएको आयोजकले जनाएको छ ।
यसैगरि तृतिय हुने टीमलाई नगद ५ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाले जनाएको छ । प्रतियोगितामा जुम्लाका २२ वटा टीम मध्ये १२ पुरुष र १० वटा महिलाको टीमले भाग लिएका थिए । नेपाली सेनाको खेलमैदानमा तिनसम्म चलेको दोहोरी गित प्रतियोगिताले असल कलाकार र कलाको पहिचान गरेको छ ।
जुम्लामै पहिलो पटक भएको प्रतियोगिताले कलाको संरक्षण र प्रवद्र्धन गरेको छ । गाउठाउमा प्रतिभा भयर पनी ओझेलमा परेका कलाकारका लागी यो महत्वुर्ण अवसर भएको छ । दुरदराजका ओझेलमा परेका प्रतिभा र कलाकारका लागि यो महत्वर्ण अवसर भएको हो ।