लाम्रा संवाद सिजन २ गाउँगाउँका कुडा सुरु – Karnali News

लाम्रा संवाद सिजन २ गाउँगाउँका कुडा सुरु

 १६ कार्तिक २०७८, मंगलवार १८:१६  

नौरते नेपाली, कार्तिक १६ जुम्ला
लाम्रा संवाद सिजन २ गाउँगाउँका कुडा तातोपानी ५ लाम्रा गाउँमा मंगलबारका दिनबाट सुरु भएको छ । जुम्लाको इतिहास, संस्कृति, मौलिक परम्पराको लिपिवद्ध गर्न लाम्रा संवाद सिजन २ गाउँगाउँक कुडाको सुरुवात गरिएको आयोजकले जनाएको छ । कार्तिक १६ गतेका दिनबाट सुरु भएको कार्यक्रम कार्तिक १८ गतेका दिनसम्म संचालन हुने कार्यक्रम संयोजक नन्द प्रसाद चौलागाईको भनाइ छ । हराउदै गएको परम्परा, रितिरिवाजको प्रवद्र्धन र संरक्षण गर्दै नयाँ पुस्तालाई पुराना कुरा सिकाउन खोजिएको उहाँले बताउनु भयो ।

तिन दिनसम्म संचालन हुने कार्यक्रमको पहिलो सत्रमा ९ नगरा ३६ पयनाका विषयमा बहस भएको छ । यस्तै अन्य सत्रमा हाम्मा नेता, हाम्मो नीति, सुइना बिजुलीको, भुसको आगो, चरण खेल, धारु नाच, बालो नचाउने खेल र ढाल नाच लगायत विषयमा बहस हुने चौलागाईले बताउनु भयो । उहाँका अनुसार जुम्ला र त्यस मध्ये लाम्राको इतिहास, परम्परा, भेषभुषा, रहनसहन, संस्कार र संस्कृतिका विषयमा छलफल हुने जानकारी गराउनु भयो ।

गत वर्षदेखि सुरु भएको लाम्रा संवाद गाउँगाउँ कुडा जुम्लाकै पहिलो र नमूना काम भएको उहाँले बताउनु भयो । तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले विद्योत बाचन गर्दै शक्तिशाली सिंजा खषराज्यको नागरिकले इतिहास भुलेको बताउनु भयो । स्थानीय मौलिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्नको लागि लाम्रा गाउँका सचेत नागरिकले असल कामको थालनि गरेको बताउनु भयो ।

उहाँका अनुसार भारतको कास्मीरबाट चन्दननाथ भैरवनाथ बाबाले ल्याएको धानको बिउ तातोपानीको लाछु ज्युलामो खेती गरिएको इतिहास रहेको बताउनु भयो । अध्यक्ष न्यौपानेले संकटमा पर्न लागेको संस्कार र संस्कृतिको कुराको ज्ञान नयाँ पुस्तालाई स्थान्तरण गर्ने सुनौलो अवसर भएको बताउनु भयो ।

उतिबेलाको युरोप भन्दा शक्तिशालि र सम्पन्न राज्यका नागरिक अहिले गरिबको सूचिमा रहेको जानकारी गराउनु भयो । परम्परागत घरहरु विस्थापित भएर आधुनिक घरहरु निर्माण हुँदै गएको उहाँको भनाइ छ । नयाँ पुस्तालाई इतिहासका कुरा सिकाउनको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भयो ।

तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिवहादुर डाँगीले पुराना र नयाँ पुस्ताबीचको बुझाइलाई छलफलका माध्यमबाट आधुनिक प्रविधि मार्फत अभिलेखीकरण गर्न सहयोग पुग्ने बताउनु भयो । गाउँलेहरूले आ–आफ्ना ज्ञान र अनुभव संवाद मार्फत साट्ने उहाँको भनाइ छ ।

यहाँका दरा र खोलाका बस्तीहरूमा सामान्य जीवन यापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरू बिकास भएको उहाँले बताउनु भयो । वडाध्यक्ष डाँगीका अनुसार जुम्लामा रहेका पुराना खस भाषा, मागल, चरन, चट्किला लगायतको संरक्षण गर्न कार्यक्रमले सहयोग गरेको बताउनु भयो ।

तातोपानीको गौरव, बिकास र भबिष्यको कुरालाई संरक्षण तथा प्रवद्र्धन गर्दै ईतिहास, संस्कृति, परम्परा आदि रहेको उहाँले जानकारी गराउनु भयो । खषभाषा, इतिहास, संस्कृति, मौलिक परम्पराको छुट्टै पहिचान भएको ठाउँ जुम्ला हो । भौगोलिक, सामाजिक र राजनीतिक रूपमा सदियौँसम्म अलग्गिए पनि यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रक्रिया विकसित भएको पाइन्छ ।

यहाँ एक कोष हिँड्दा भाषिका र चार कोष हिँड्दा फरक रीतिरिवाज भेटिन्छ । यी सबैको प्रवद्र्धनका लागि लाम्रा संवाद निरन्तर गरिएको लाम्रा संवाद गाउँगाउँका कुडाका योजनाकार माधव चौलागाईले बताउनु भयो । पुरानो संस्कारलाई लिपिवद्ध गर्नको लागि संवादको थालनि गरिएको उहाँको भनाइ छ ।

अहिले गाउँका कुडा मात्र नभएर जिल्लाभरिका गाउँगाउँका कुडामा रुपान्तरण भएको पाइएको उहाँले बताउनु भयो । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरूले युवा पुस्तालाई ज्ञान र सिप हस्तान्तरण हुने अपेक्षा गरिएको चौलागाईले बताउनु भयो । लाम्रा संवाद गाउँगाउँका कुडाले खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले नयाँ पुस्ताको सिकाइमा जोड दिने उहाँको भनाइ छ।