
कालीवहादुर परियार, कार्तिक १४ जुम्ला
तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा गाउँमा यो साल पनि लाम्रा संवाद २ गाउँगाउँका कुडा संचालन हुने भएको छ । संवाद मार्फत गाउँको समग्र परिवेश र विशेषता झल्काउने उद्देश्य रहेको छ । कार्तिक १६, १७ र १८ गतेसम्म संचालन हुने लाम्रा संवाद २ गाउँगाउँ कुडाका बारेमा आईतबार जुम्लामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ ।
गत वर्ष लाम्रा संवादको पहिलो संस्करण संचालन गरिएको थियो । गाउँगाउँका कुडाको ऐतिहासिक, साँस्कृतिक, मौलिक परम्पराको संरक्षण र संवद्र्वन गर्न खोजिएको आयोजकले जनाएको छ । जुम्लामा एक कोश हिड्दा भासिका र चारकोश हिड्दा फरक रीतिरिवाज भेटिने गरेको लाम्रा संवादका संयोजक नन्द प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
गत वर्ष तीन दिनसम्म चलेको यो कार्यक्रमले गाउँको समग्र परिवेश र विशेषता भएका १२ वटा सत्र मार्फत स्थानीय बयोवृद्ध, योगदानकर्ता र जानकारका कुडा समेटेको थियो । अर्थात, गाउँलेहरूले आ–आफ्ना ज्ञान र अनुभव साटेका थिए । यस्ता कार्यक्रममा गाउँकै बुढापाकाहरू वक्ताको रुपमा प्रस्तुत हुने, गाउँकै मानिसले उनीहरूलाई प्रश्न सोध्ने, अरु गाउँहरुले सुन्ने र मनमा लागेका कुरा सोध्न वा भन्न पाउने हुँदा सबैको चासो र रूचि बढाउने संयोजक चौलागाइले बताउनु भयो ।
यहाँका दरा र खोलाका बस्तीहरूमा सामान्य जीवन यापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरू बिकास भएको उहाँले बताउनु भयो । संयोजक चौलागाईका अनुसार जुम्लामा रहेका पुराना खस भाषा, मागल, चरन, चट्किला लगायतको संरक्षण गर्न यसको आयोजना गरिएको बताउनु भयो ।
लाम्रा संवादको दोस्रो संस्करणमा विभिन्न प्रस्तावित कार्यक्रम समेत रहेको उहाँले बताउनु भयो । तातोपानीको गौरव, बिकास र भबिष्यको कुरालाई संरक्षण तथा प्रवद्र्धन गरिनु पर्ने ईतिहास, संस्कृति, परम्परा आदि रहेको संयोजक चौलागाईले बताउनु भयो । उहाँका अनुसार आगामि दिनमा लाम्रा गाउँमा रहेको देवदेयारको संरक्षण तथा संवद्र्वन गर्ने बताउनु भयो ।
कार्यक्रममा जुम्लामा रहेका सम्पदालाई स्टलका रूपमा प्रर्दशन गरिने उहाँले बताउनु भयो । लाम्रा संवाद गाउँगाउँ कुडाले खस भाषाको संरक्षण समेत हुने उहाँको भनाइ छ । लाम्रा संवादमा जुम्लामा रहेका मार्सि धानको संरक्षण र बिउको बचावटका बिषयमा छलफल गरिने चौलगाईले जानकारी दिनुभयो ।
संयोजक चौलागाईका अनुसार रैथाने बाली मार्सिधानका संरक्षण गर्नु मुख्य दायित्व भएको बताउनु भयो । हिजोआज मार्सि धान फलाउने ठाउँमा स्याउ लगाउन थालेको उहाँले बताउनु भयो । उहाँका अनुसार मार्सिधान फलाउने ठाउँमा स्याउ लगाउने प्रवृत्तिले जुम्लाको सान र मान मार्सि धानको पहिचान गुम्ने खतरा रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
जुम्लामा खस भाषा हराएर जान लागेको लाम्रा संवाद गाउँगाउँका कुडाका संयोजक चौलागाईले बताउनु भयो । उहाँका अनुसार अहिले दोस्रो संकरण संचालन हुने जानकारी गराउनु भयो । पुराना पुस्ताले गर्दै आईरहेका रहन सहन भाषाभाषि, लुवाई खुवाई, संस्कृति, परम्परालाई प्रचारप्रसार गर्नका लागि यो कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीन बहादुर डाँगीका अनुसार लाम्रा संवाद गाउँगाउँ कुडाको सुरूवाति गर्ने टिमलाई धन्यबाद व्यक्त गर्नु भएको छ । गाउँगाउँका कुडालाई प्रचार प्रसार गर्न सबै सँग समन्वय गरिने उहाँले बताउनु भयो । जुम्लामा रहेका रैथाने बालि लगायत पुराना पुस्ताले लगाउदै आईरहेको पहिरनको बचावट गर्नु पर्ने डाँगीको भनाइ छ ।
जुम्लाको सांस्कृितक र संस्कारको बचावटका लागि सबै लाग्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो । उहाँका अनुसार व्यापक रूपमा लाम्रा संवाद गाउँगाउँका कुडाको प्रचार प्रशार गर्न यो संवादले महत्वपूर्ण भूमि खेल्ने जानकारी गराउनु भयो ।