जुम्लामा दोहोरीगीत प्रतियोगिता हुने – Karnali News

जुम्लामा दोहोरीगीत प्रतियोगिता हुने

 १३ कार्तिक २०७८, शनिबार १६:३४  

कालीवहादुर परियार, कार्तिक १३ जुम्ला
जिल्लामा कार्तिक महिनाको १६ गते देखि १८ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा खुल्ला दोहारी प्रतियोगीता हुने भएको छ । भाई टिका तथा छठ पर्वको शुभ अवसरमा खुल्ला दोहोरी प्रतियोगीता हुने भएको हो । जुम्लाको सान र मान दोहोरी गितको सम्मान भन्ने हेतुका साथ जिल्लामा खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढ्थापाले जानकारी दिनुभयो ।

दोहारी गीत प्रतियोगिता जुम्लाको नेपाली सेनाको खेल मैदानमा हुने भएको छ । स्थानीय कलाकारको पहिचान गर्ने उद्देश्यले जुम्लामा खुल्ला दोहोरी प्रतियोगिता गर्न लागिएको हो । अहिले सम्म जुम्लामा रहेको कलाकारहरुको पहिचान गर्न नसकिएकाले पहिचान गर्ने उद्देश्यका लागि प्रयोगिता संचालन गर्न लागिएको अध्यक्ष बुढ्थापाको भनाइ रहेको छ ।

जुम्लामा पनि यस्ता प्रतिभावान व्यक्तिहरु रहेको र तिनिहरुको पहिचान गर्न नसकिएको बुढ्थापाको भनाइ रहेको छ । कति व्यक्तिहरुको सपना नै कलाकार बन्ने रहेकाले आर्थिक अभाव र अवसरको कारणले गर्दा कलाकार बन्ने सपना पुरा नभएकालाई यसले ठूलो सहयोग गर्ने अपेक्षा रहेको समेत उहाँले बताउनु भयो ।

स्थानीय कलाकारको पहिचान गरि एउटा ठुलो अवसर प्रदान गर्ने पनि उहाँको भनाइ रहेको छ । प्रत्येक टिममा ३ देखि ५ जना सम्म रहने व्यबस्था गरिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार टिम दर्ता शुल्क १ हजार लाग्ने छ । संगीतप्रेमी सम्पूर्णलाई प्रतियोगितामा सहभागि हुन उहाँले आग्रह समेत गर्नु भएको छ ।

प्रतियोगितामा जुम्लाका दुरदराजमा रहेका स्थानीय कलाकारहरुको समूह संकलन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बुढ्थापाको भनाइ रहेको छ । गीत र संगीत प्रति माया गर्ने सम्पूर्ण जुम्लाका स्थानीय कलाकारहरुले जुम्लामा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सम्पर्कमा आएर आफ्नो सदस्यता लिन समेत उहाँले अनुरोध गर्नु भएको छ ।