
नौरते नेपाली, कार्तिक १३ जुम्ला
नेकपा एमाले जुम्लाले आठवटै स्थानीय तहमा रहेका ६० वटै वडाको अविधेशनबाट वडा कमिटीका अध्यक्षहरु चयन गरि सकाएको छ । वडा कमिटीको अधिवेशन सम्पन्न गरेसँगै एमालेले अब नगर र गाउँपालिका स्तरीय कमिटीको अधिवेशन गर्ने तयारी गरेको छ । कार्तिक १५ गतेका दिन नेकपा एमाले जुम्लाले आठवटै स्थानीय तहमा नगर र पालिका स्तरीय अविधेशन गर्न लागेको नेकपा एमाले जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले बताउनु भयो ।
नगर र पालिका स्तरीय अधिवेशनको तयारीमा नेकपा एमाले जुटेको उहाँको भनाइ छ । महतका अनुसार ६० वटै वडामा नेकपा एमालले सर्वसहमतका आधारमा वडा कमिटीका अध्यक्षहरु चयन गरेको जानकारी गराउनु भयो । नेकपा एमालेको जनताको बहुदलिय जनवादको सिद्धान्तलाई जनताको बिचमा लिने काम गरिएको उहाँले बताउनु भयो ।
नेकपा एमाले जुम्लामा सकियो भनेर खुसी मनाइ रहेकाहरुलाई चुनौति दिदै अध्यक्ष महतले स्थानीय तहको निर्वाचन पछि स्पष्ट थाहा हुने बताउनु भयो । आठवटै स्थानीय तहका ६० वटै वडामा नेकपा एमालेले सानदार वडाअधिवेशन गरेको भन्दै उहाँले नगर र पालिका अधिवेशन पनि सानदार हिसाबले गर्ने बताउनु भयो ।
यसैबिच, नेकपा एमालेको कार्तिक १० गते हुन बाँकि गुठीचौर गाउँपालिका वडा नम्बर ५ को वडा अधिवेशन सम्पन्न भएको उहाँको भनाइ छ । उक्त वडा कमिटीमा सबै जुजारु युवाहरुको टीम चयन भएको पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो । धिता, देपालगाउँ, फोई र कुम्डीगाउँ समावेश भएको ५ नम्बर वडामा सबै युवाहरुको टीम वडाकमिटीमा सर्वसहमत चयन भएको जानकारी गराउनु भयो ।
पद्दमराज खत्रीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको पाण्डेको भनाइ छ । उपाध्यक्षमा दलहादुर सार्की र लोकजङ्ग महत चयन हुनु भएको छ । यसैगरी सचिवमा इश्वर महत, सहसचिवमा लक्ष्मीनारायण धिताल र कोषाध्यक्षमा जानकी धिताल लगायत ३१ सदस्यीय वडा कमिटी सर्वसहत चयन भएको पार्टी सचिव पाण्डेले बताउनु भयो ।
वडामा रहेका नेकपा एमालेका पार्टी कार्यताहरुको बाक्लो उपस्थितमा वडा अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी जुम्लाका सदस्य पुष्प महतले बताउनु भयो । उहाँका अनुसार नेकपा एमालेको बिचार र सिद्धान्तलाई जीवित राख्दै आउदो निर्वाचनलाई लक्षित गरि वडा कमिटी गठन गरिएको जानकारी गराउनु भयो ।
नेकपा एमाले प्रति नजताको विश्वास बढ्दो क्रममा रहेकाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको बताउनु भयो । वृद्ध भत्ता देखि आफ्नो गाउँ आफै बनाऔँ भन्ने लगायतका बिचारहरु जनताको बिचमा नेकपा एमालेले स्थापित गराइ सकेको महतले जानकारी गराउनु भयो ।
आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि २७ कात्तिकमा देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय एमालेले गरेको छ ।