
कालीवहादुर परियार, कार्तिक १० जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्वर ३ का महिलाहरु स्थानीय स्तरमा गाइने देउडा गीतको संरक्षण र संबद्र्धनमा जुटेका छन् । परापूर्वकाल देखि गाउँघरमा गाउँदै आएको देउडा गित बचाई राख्नको लागि महिलाहरु स्थानीय देउडा गीतको संरक्षणमा जुटेका हुन । पहिले पहिले चाडपर्व र विवाह तथा बर्तबन्धमा गाईने देउडा गीत हिजोआजा हराउन थालेका छन ।
समय सँगै पुराना देउडा गीतमा परिवर्तन आएको गुठिचौर गाउँपालिका वडा नम्वर ३ का महिला अधिकारकर्मी प्रमिला बुढा (धिताल)ले जानकारी दिनु भयो । उहाँका अनुसार हिजोआज बिवाह हुदा छोरा जन्मे पछि न्वारान गर्दा होस कुनै रमाईला कार्यक्रम हुदा पहिलाहरु पुराना देउडा गीतलाई प्रथामिकता दिने प्रचलन रहेको बताउनु भयो ।
उहाँका अनुसार पुराना देउडा गीतलाई बिर्सेर आधुनिक देउडा गीत गाइनाले परम्परागत गीतलाई बचाउनु पर्ने बताउनु भयो । महिला अधिकारकर्मी बुढाका अनुसार पुराना देउडा गीत हराउन थालेकाले बचाई राख्न सबै नयाँ पुस्ताका युवा र युवतीलाई अनुरोध गर्नु भएको छ । पुरानो संस्कृति बचे हामी सबैको हित हुने उहाँले बताउनु भयो ।
उहाँका अनुसार पुराना देउडा गीत हराउन थालेकाले हामी सबै महिलाहरु एक भएर पुराना देउडा गीतहरु बचाउनु पर्नेमा उहाँले जोड दिनु भएको छ । युवा पुस्ताले पुराना देउडा गीत नबचाए अरु कसले बचाउछ भन्ने हेतुका साथ महिलाहरु पुराना देउडा गीत बचाउन अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो ।
अहिलेका आधुनिक देउडा गीत भन्दा पुराना देउडा गीत बचाउनु पर्ने गुठीचौर गाउँपालिका वडा नम्वर ३ बर्ष ६८ का पुराना देउडा गायक तुलाराम बुढाको भनाइ रहेको छ । उहाँका अनुसार हिजोआज गाउँघरमा वा कुनै पनि बिवाह, छोरा जन्मे पछि पुराना देउडाको रतेडी खेल्न छाडेर आधुनिक गीत बजाएर रमाउने गरेको बताउनु भयो ।
उहाँका अनुसार अहिलेका युवा पुस्ताले पनि पुराना रितीरिवाज सँगै पुरानो सँस्कृतिलाई पनि बचाउने प्रमुख दाहित्व भएको बताउनु भयो । पुराना देउडा गाएक बुढाका अनुसार गाउँका सबै मिलेर पुराना गाईने देउडा गित बचाउनको लागी अहिलेको स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि लगायत र आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।