प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा धनवहादुर बुढा (डिवि) चयन – Karnali News

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा धनवहादुर बुढा (डिवि) चयन

 ९ कार्तिक २०७८, मंगलवार १८:२४  

कालीवहादुर परियार, कार्तिक ९ जुम्ला
नेकपा माओवादि केन्द्र निकट प्रेस सेन्टर नेपाल जुम्लाको चौथो जिल्ला अधिवेशनबाट धनवहादुर बुढा (डिवि) चयन हुनु भएको छ । सर्वसहमतिका आधारमा बुढालाई प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्ष बनाईएको हो । उपाध्यक्षमा उमेश बुढा, महिला उपाध्यक्षमा अनिता बुढा, सचिवमा गोल्डेन बुढा, सहसचिवमा विजय रावत, समावेशी सहसचिवमा रामप्रकाश विक र कोषाध्यक्षमा अमृत बुढाथोकिमगर लगायत १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

अधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै नेकपा माओवादि केन्द्र जुम्लाका अध्यक्ष विरवहादुर कुँवरले माओवादि केन्द्रलाई कमजोर गर्न नेपाल भित्र र नेपाल बाहिरका शक्ति लागेको बताउनु भयो । जनयुद्धको राप र तापबाट खारिएको पार्टीलाई गलाउन नेपाल भित्रकै राजनीतिक दलहरु लागि परेको उहाँको भनाइ छ ।

कुँवरका अनुसार जनयुद्धका उपलब्धिहरु बचाई राख्नको लागि माओवादि केन्द्रले नयाँ बिचार जनताको बिचमा ल्याउन लागेको बताउनु भयो । २१ औँ शताब्दिको जनवादलाई जनताका बिचमा ल्याउने तयारी माओवादि केन्द्रले गरेको उहाँले जानकारी गराउनु भयो । माओवादिले नयाँ बिचार बोकेको हुनाले अन्य नेपालका शक्ति परास्त भएको कुँवरले बताउनु भयो ।

नेकपा माओवादि केन्द्रका नेता तथा तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले माओवादि केन्द्र निकट पत्रकाहरुले गरिबका पक्षमा कलम चलाउनु पर्ने बताउनु भयो । वर्गीय चिन्तनमा आधारित भएर समाजका वास्तविक कुरा बाहिर ल्याउन उहाँले आफ्नो पार्टी निकटका पत्रकाहरुलाई सुझाव पनि दिनु भएको छ ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले जनताको पक्षमा कलम चलाउनु पर्ने बताउनु भएको छ । भण्डारीका अनुसार पार्टीको हित र भलाइका लागि कलम चलाउन अनुरोध गर्नु भएको छ । जिल्ला अधिवेशनबाट प्रेस सेन्टर नेपाल जुम्लाको जुजारु नेतृत्व चयन गर्न पनि उहाँले सुझाव दिनु भएको छ । उपेन्द्र न्यौपानेको नेतृत्वमा रहेको प्रेस सेन्टर नेपाल जुम्लाको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो ।