
कालीवहादुर परियार, कार्तिक ८ जुम्ला
जिल्लामा सोमबारका दिनमा पेश नेपाल जुम्लाको १५ औँ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पेश नेपाल जुम्लाको आयोजनामा सोमबार जिल्लामा १५ औँ बार्षिक साधारण सभा तथा सार्वजनीक सुनुवाई सम्पन्न गरेको हो । बार्षिक साधारण सभामा पेश नेपाल जुम्लाले बर्ष भरी गरेका काम र सहयोगका बारेमा स्पस््ष्ट पारेको छ ।
पेश नेपाल जुम्लाको १५ औँ बार्षिक साधारण सभामा संस्थाको पृष्ठभुमि, संस्थाको रणनीति, लक्ष्य र जुम्लाको जिल्लाको जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ साल बैशाख २७ गते पेश नेपाल जुम्ला दर्ता प्रक्रियामा गएको बताईएको छ । कार्यक्रममा बार्षिक प्रतिबेदन पेश गर्दै पेश नेपाल जुम्लाका कार्यक्रम अधिकृत हेमराज भट्टका अनुसार पेश नेपाल जुम्लाले जुम्ला बिभिन्न स्थानीय तहमा काम गर्दै आईरहेको बताउनु भयो ।
उहाँले पेश नेपाल जुम्लाले सबै परियोजानको एकिकृत आम्दानी खर्च समेत प्रस्तुत गर्नु भएको छ । कार्यक्रमको गतिविधि तर्फ ६ करोड ६२ लाख ५३ हजार ९ सय ६५ रुपैयाँ ४ पैशा खर्च भएको जानकारी दिनु भयो । यस्तै जनशक्तिको पारिश्रमिक तर्फ १ करोड ८६ लाख ३६ हजार ३ सय ५९ रुपैयाँ ८१ पैशा खर्च भएको बताउनु भयो ।
भट्टका अनुसार अपिस नियमित खर्च दैनिक भत्ता समेत गरेर ८ करोड ३५ लाख ४ हजार ६ सय ६७ रुपैयाँ २४ पैशा खर्च भएको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा सुभकामना मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार पेश नेपाल जुम्लाले गरेको काम प्रसंशायोग्य रहेको भएको बताउनु भएको छ ।
उहाँका अनुसार आगामी दिनमा पनि नागरिकहरुका हितका लागि यो संस्थाले ठुलो योगदान पुर्याउने आशा राखेको बताउनु भयो । प्रसाईका अनुसार जिल्लामा भएको क्षेतिको राहत वितरणमा पेश नेपाल लगायत अन्य गैरसरकारी संस्था र आईएनजिओ संस्थाहरु भएको बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईका अनुसार अहिले जिल्लामा भएको बाढीपहिरोबाट भएको क्षतिको बारेमा सहयोगी दातासँग समन्वय गरेर अगाडी बढ्ने जानकारी दिनुभयो । यस्तै कार्यक्रमका सभाअध्यक्ष रहनु भएका जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अनुसार पेश नेपालको १५ औँ बार्षिक साधारण सभा भब्य र सभ्यका साथ सफल होस भनी सुभकामना दिनु भएको छ ।
पेश नेपाल जुम्लाले गरेको काम र सेवा प्रवाह जुम्ला जिल्लाको लागि गौरव पूर्ण रहेको बताउनु भयो । उहाँका अनुसार यस्ता संस्था बिकासउन्मुख संस्था मात्रा नभएर एउटा सामाजिक अभियान्ताका रुपमा पनि हेर्न सकिने बताउनु भयो । उपप्रमुख बुढाका अनुसार गैरसरकारी संस्थालाई समाज परिवर्तनमा लाग्न उहाँले अनुरोध गर्नु भएको छ ।
उहाँका अनुसार नेपालमा २०५० सालमा गैरसरकारी संस्थाको कार्यालयहरु स्थापना भएको बताउनु भयो । तर आज भोलि ति कार्यालयमा जाँदा बोर्ड मात्रा देख्न सकिन्छ । तर यी संस्थाले जुम्ला गलायत हरेका ठाउँमा नागरिकको साहाराका रुपमा काम गर्दै आएको बताउनु भयो । यस्तै शुभकामाना मन्तब्य राख्दै तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष बिष्णु बुढाले पेश नेपाल जुम्ला प्रति आभारी भएको बताउनु भयो ।
उहाँका अनुसार पेश नेपाल जुम्लाले जुम्लाका गरिब र असायको क्षेत्रमा काम गर्दै आईरहेकोमा खुसि लागेको बताउनु भयो । अझ आगामी दिनमा यूवाहरुलाई आफ्नै देशमा रोजगारी सृजना हुने खालका प्रोजेक्ट ल्याउन अनुरोध गर्नु भएको छ । उपाध्यक्ष बुढाका अनुसार आफु तिला गाउँपालिकाको तर्फबाट पेश नेपाल प्रति जस्तो सुकै सम्झौता गर्न पनि पछि नपर्ने बताउनु भएको छ ।