भालुको आक्रमणबाट महिलाको ज्यान गयो – Karnali News

भालुको आक्रमणबाट महिलाको ज्यान गयो

 ६ कार्तिक २०७८, शनिबार १८:२४  

कालीवहादुर परियार, कार्तिक ६ जुम्ला
जुम्लामा भालुको आक्रमणबाट शनिबारका दिनमा १ जान महिलाको गएको छ । जुम्ला तातोपाानी गाउँपालिका वडा नम्बर ५ निवासी ५५ बर्षिय रूद्रा डाँगीको भालुको आक्रमणमा परि ज्यान गएको हो । जंगलमा गएको बेला शनिबार करिब दिउसो १२ बजे तिर भालुको आक्रमणमा परि डाँगीको ज्यान गएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खडक महतले बताउनु भयो ।

जङ्गलमा वन हेर्न गएका बेला भालुको आक्रमणमा परि उहाँको ज्यान गएको महतले बताउनु भयो । जंगली भालुको आक्रमणबाट मृत्यु हुनुभएकी डाँगी सोही गाडापारी सामुदायीक बनको चौकिदार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक डाँगी जङ्गलमा वन फडानी गरेको देखे पछि नियन्त्रणमा लिनको लागि जङ्गल मा गएको बताईएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार मृतक डाँगीको लासलाई पोष्ट मार्टमको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठानको शब गृहमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार भालुलाई नियन्त्रण लिनको लागि नेपाली सेना, नेपाल प्रहर्री र शसस्त्र प्रहरीको परिचालन गरिएको जानकारी दिनु भयो ।

वन क्षेत्रमा रहेको आहारा सकिएको हुनाले यति बेला भालु गाउँ तिर छिरेको महतले बताउनु भयो । लजालु स्वभावको भालु रातिको समयमा चहल पहल धेरै गर्ने र दिनमा खासै नगर्ने उहाँको भनाइ छ । विना काम जंगल तिर पनि नजान महतले नागरिकहरुलाई अनुरोध गर्नु भएको छ ।