
नौरते नेपाली, कार्तिक ३ जुम्ला
तातोपानी गाउँपालिका वडा नम्बर ४ मा रहेको नेत्रज्योति मावि हाँकुमा बाढीले भौतिक संरचाना तहसनहस गरेको छ । उक्त विद्यालयको २ कोठे भवन, शौचालय, घेरबार र खेलमैदान पुरै बाढीले कटान गरेको वडाध्यक्ष धिर जैशीले बताउनु भयो । विद्यालयको ८० थान डेस्क र बेन्च समेत बाढीले बगाएको उहाँको भनाइ छ ।
झण्डै १ करोड जति बाढीले विद्यालयमा क्षति गरेको अध्यक्ष जैशीको भनाइ छ । विद्यालय नजिकै रहेको नदि बढेर विद्यालय हाताभित्र पस्दा करोडौँको क्षति भएको उहाँले बताउनु भयो । अध्यक्ष जैशीका अनुसार दशैँको समयमा विद्यालय विदा भएको हुनाले मानवीय क्षति भने नभएको बताउनु भयो ।
बाढीले विद्यालय बगाउला भन्ने कल्पना पनि थिएन उहाँले भन्नुभयो भौतिक संरचना सोचे भन्दा ठुलो क्षति गरेको छ । असोज महिनाको ३१ गते साझबाट शुरु भएको अबिरल बर्षाले गिडिखोलाको नदिको बाहव बढ्दा कार्तिक १ गते रात्रीको समयमा तातोपानी गाउपालिका वडा नं ४ ठाँटाचौर स्थित गिडिनदिको छेउमा रहेको नेत्रज्योति माविको भौतिक संरचनाहरु, २ कोठे शैक्षिक भवन पुरै बगाएर लिएको स्थानीय अमर रोकायाले समाजिक संजालमा भिडियो र फोटो राख्नु भएको छ ।
यस्तै सोहि विद्यालयमा निर्माणाधीन २ वटा भवनहरु पनि भत्केर क्षेति हुनुको साथै बिद्यालयको करिव १० हजार बर्गमिटर क्षेत्रफल रहेको खेल मैदान र वरिवरिको घेराबार समेत बगाएर पूर्ण क्षेति गरेको रोकायाले बताउनु भयो । उहाँका अनुसार विद्यालयको खेल मैदानमा नदि बगि रहेको जानकारी गराउनु भयो ।
विद्यालयको छेउमा रहेको वडा नम्बर ४ का पूर्ण बहादुर पाण्डेको २ तले ४ कोठे निजि घर र वरिपरि लगाएका स्याउ तथा ओखरका बिरुवा समेत बाढीले बगाएर लिएको छ भने पाण्डेवाडा र नेत्रज्योति मावि जोड्ने निर्माणाधीन काठेपुल, हाँकु गौतमवाडा जोड्ने चुम्लासाधु काठेपुल, लाम्पाटी सापु, दियारे साघु, नियापानि गिडिखोलाको आवत जावत गर्ने समलसाघु र भदलचौर गरि ५ वटा काठे पुल बगाएर लगेको उहाँले जानकारी गराउनु भयो ।
रोकायाका अनुसार गिडिनदि छेउछाउका करिव १ सय ४५ मुरि खेत कटान गरेको भन्दै तातोपानी ४ नियापानि बस्ने धन बहादुर सार्कीको घर भत्केको बताउनु भयो । चैत १२ गते बीउ उमारेर जेठ र असारमा मेहनत गरि रोपेर गोडमेल गरि कार्तिकमा घर भित्र भित्र्याउन तयार भएको कालीमार्सि धान किसानले असोज ३० गते काट्न सुरु गरेका थिए ।
काटेका धानहरु सबै खेतमा पानिले भिजाएको रोकायाको भनाइ छ । यस्तो अकल्पनिय दैेबि प्रकोपबाट भएको क्षेतिको एकिन विवरण संकलन गरि राहत, उद्दार तथा भौतिक संरचना पुर्ननिर्माण कार्यका लागि समयमै स्थानीय सरकार, प्रदेश र संघिय सरकारको उहाँले ध्यान आकर्षण गराउनु भएको छ । तातोपानी ४ मा रहेको जाल्पादेवि जलविद्युतको बाँध र नहर पनि बाढीले बगाएको उहाँको भनाइ छ ।
यसैबिच, तिला गाउँपालिका वडा नम्बर ३ त्रिवेणी बजारमा रहेको मेघनाथ योगिको ११ कोठ घर भत्किन लागेको छ । अविरल वर्षाले गर्दा उहाँको घर भत्किन लागेको हो । घर भत्किने अवस्थामा रहेकाले घर भित्र रहेको सबै अन्नपात, लत्ताकपडा र भाँडावर्तन लगायतका सामानहरु झिक्न गाह्रो भएको योगिको भनाइ छ ।
उहाँका अनुसार झण्डै ५० लाख बराबरको सामानहरु घरभित्रै रहेको जानकारी गराउनु भयो । टिनको छानाले घर छाएको हुनाले तत्काल भत्किनबाट घर बचेको उहाँले जानकारी गराउनु भयो । घरको अवस्थाका बारेमा अवलोकन तथा चुमुल्का उठाई दिन प्रहरी चौकि कुडारी र ३ नम्बर वडा कार्यालयमा निवदेन समेत दिई सकेको उहाँले बताउनु भयो ।
घरको भुइतल्लाको पुरै पर्खाल चर्किएको भन्दै योगिले घर भित्र बस्ने अवस्था नहुँदा आफन्तको घरमा बस्नु परेको सुनाउनु भयो । उहाँले स्थानीय सरकारसँग बस्ने बासको प्रबन्ध गरिदिन आग्रह गर्नु भएको छ ।
यसैगरि, चन्दननाथ नगरपालिका वडा नम्बर १० खल्ला गाउँका करिब ३ सय ५ मुरी धानबाली खेतमै तैरिएको छ । काटेर खेतमा सुकाउन राखेको धान पानीले गर्दा खेतमै तैरिएको चन्दननाथ नगरपालिका वडा नम्बर १० स्थानीय अबिराज चौलागाईले जानकारी दिनुभयो । धान पाक्नै लागेको थियो आधा काटेको बेला पानीले बगायो ।
बर्ष भरिको परिश्रम अविरल बर्षाले गर्दा सखाब बनायो बर्ष भरि के खाने कसरि बाच्ने भन्ने चिन्ता स्थानीयमा रहेको उहाँको भनाइ छ । निरन्तर बर्षाले मानिसलाई के गरेर कसरी बाच्ने चिन्ता त छदैँछ काटेर सुकाउन राखेको घाँस पानीले गर्दा कुहिदा बर्षभरी गाई गोरुलाई पराल खुवाउने पिर पनि थपिएको उहाँले बताउनु भयो ।
चौलागाईका अनुसार पाकेर भित्र्याउनलाई तयार भएको धान पानीले ढुबान पर्दा किसानहरु चिन्तित भएका छन् । बर्षभरि किसानले धानबालीमा गरेको मेहेनत पानीले बगाउदा किसानहरु दुखी भएका छन् ।