अटो दुर्घटनाबाट एक जनाको ज्यान गयो – Karnali News

अटो दुर्घटनाबाट एक जनाको ज्यान गयो

 ३० आश्विन २०७८, शनिबार १६:४०  

कालीवहादुर परियार, असोज ३० जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्वर ५ बिगारेमा शुक्रबार राती करिव ९ बजे तिर अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जुम्ला बजारको सदरमुकामबाट गुठीचौर गाउँपालिकाको बिगारे सम्म जाने क्रममा भे २ ह ५८३४ नम्बरको अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुठीचौर गाउँपालिका वडा नम्वर ४ का अन्दाजी बर्ष २१ का अटो चालक गणेश जैसिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार राती करिव ९ बजे तिर अटो चालक एक्लै बजारबाट आफ्नो घर जाने क्रममा बिगारेमा दुर्घटना हुदा अटो रिक्सा चालक जैसिको मृत्यु भएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार अटो भिरबाट करिव ५ सय मिटर भन्दा तल नदिमा खसेको बताउनु भयो । उहाँका अनुसार देशमा अत्याधिक मात्रामा सवारी साधनको दुर्घटना भएको हुदा सम्पूर्ण सवारी चालकहरुमा मादक पदार्थ सेवन नगरी र क्षमता भन्दा बढी यात्रु नराखी सवार गर्न अनुरोध गर्नु भएको छ ।

उहाँका अनुसार अटो रिक्सा किन र कसरि दुरर्घटना भयो भन्ने बारे एकिन जानकारी नभएको बताउनु भयो ।