लाम्राका माधव प्रसाद चौलागाईको घरमा आगलागि – Karnali News

लाम्राका माधव प्रसाद चौलागाईको घरमा आगलागि

 २१ आश्विन २०७८, बिहीबार १४:४९  

कालीवहादुर परियार, असोज २१  जुम्ला
जुम्लाको तातोपानी गाउँपालिकामा बिहिवारका दिनमा आगलागी भएको छ । बिहिबार विहान घटस्थापनाको दिनमा पुजाआजा गर्ने कोठाबाट आगलागी भएको हो । आगलागिबाट तातोपानी गाउँपालिका वडा नम्बर ५ का स्थानीय माधव प्रसाद चौलागाईको घर जलेको तातोपानी गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष हरि वहादुर डाँगीले बताउनु भएको छ ।

उहाँका अनुसार आगलागीबाट मानविय क्षेति भने नभएको बताउनु भयो । घरमा रहेका अन्न, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको बताउनु भयो । आगो लागेको छिट्टै थाहाँ पाए लगतै स्थानीयले नियन्त्रणमा लिन खोजे पनि नियन्त्रण हुन नसक्दा जिल्ला प्रशासन कार्यालयलाई खबर गरेर घटना स्थलमै दमकल पुगेर आगो नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार खबर आउन साथ चन्दननाथ नगरपालिकाको दमकल शसस्त्र प्रहरी, हाँकु प्रहरी चौकि, नेपाली सेना र स्थानीयको संयुक्त पहलमा आगो नियन्त्रणमा लिईएको बताउनु भयो । अचानक घरमा आगलागी हुदा घरमा भएका अन्न, लत्ता कपडा लगाएतका सामान जलेर नष्ट भएको पिडक मादव प्रसाद चौलागाइले बताउनु भयो ।

महान चाडवाड नजिकिय सँगै घरमा भएका अन्न पात जलेर नष्ट हुदा खान लगाउन समेत मुस्कीन हुन सक्ने उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार पहिले कोरोनाले काम गर्न नपाउदा घरमा भएको अन्न सकियो आज घरमा आगलागी हुदा भएर भएको अन्नपात, लत्ताकपडा लगाएतका सामानमा क्षेती हुदा अत्यान्तै दुःखि भएको बताउनु भयो । उहाँका अनुसार भएको क्षेतीको बिवरण प्रहरी चौकी लाम्रामा पेश गरिएको जानकारी दिनु भयो ।