बाल समृद्धिका लागि किर्डाकले तातोपानीमा काम गर्दै – Karnali News

बाल समृद्धिका लागि किर्डाकले तातोपानीमा काम गर्दै

 २१ आश्विन २०७८, बिहीबार १३:०३  

नौरते नेपाली, असोज २० जुम्ला
किर्डाक नेपाल जुम्लाले तातोपानी गाउँपालिकामा पालिका स्तरीय परियोजनाको परिचयात्मक कार्यक्रम गरेको छ । तातोपानी गाउँपालिका जुम्लामा संचालन गरिने बाल समृद्धि, राहत वितरण, महिलाको कार्यबोझ कम गर्न थ्रेसिङ्ग मेसिन वितरण गर्ने र कुपोषण घटाउने जस्ता कार्यक्रम तातोपानी गाउँपालिकामा संचालन हुने किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले जानकारी गराउनु भयो ।

सोहि गाउँपालिकाको १, २, ३, ५ र ६ नम्बर वडामा कार्यक्रम संचालन हुने उहाँको भनाइ छ । समृद्धि सहितको न्यायिक समाज निर्माण गर्दै बाल समृद्धिका लागि किर्डाक नेपालले वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोगमा काम गर्ने कार्यक्रम अधिकृत शाहीको भनाइ छ । स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने उहाँले जानकारी गराउनु भयो ।

लक्षित समूहलाई फलदायि हुने गरि कार्यक्रम कार्यान्वयनमा सहजीकरण र सहयोग गरिदिन उहाँले गाउँपालिकालाई अनुरोध गर्नु भएको छ । गाउँपालिकाले गरेको सिफारीसका आधारमा एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परिजना चन्दननाथ नगरपालिका, पातारासि, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा लागु हुने उहाँको भनाइ छ ।

परियोजना लागु भइ सकेपछि बालबालिकाहरु सुपोषित हुने लक्ष्य राखिएको उहाँले जानकारी गराउनु भयो । तातोपानी गाउँपालिकामा कार्यक्रम संचालन भएपछि गुणस्तरीय कृषि उपजमा वृद्धि गरि आयआर्जनमा सुदृढ गर्ने, न्युन आय भएका समूदायको बचत गर्ने बानी र पद्धतिमा सुधार गर्ने, बजार सारक्षता कक्षाको माध्यमद्धारा बजारीकरण प्रणालीलाई सुदृढ गर्ने र जवाफदेहि समुदाय निर्माणका लागि टेवा पुग्ने लक्ष्य रहेको उहाँले सुनाउनु भयो ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले विश्वास जित्ने काम गर्न अनुरोध गर्नु भएको छ । तातोपानी गाउँपालिकामा किर्डाक नेपाल जुम्लालाई काम गर्ने वातावारण सहज हुने भन्दै उहाँले नागरिकको जीवन स्तर सुधार हुने कामहरु गर्न सुझाव दिनु भएको छ । गैर सरकारी संस्थाहरु कार्यक्रम लिएर गाउँ छिर्दा राजनीतिक रंग देखिन नहुने उहाँको भनाइ छ ।

किर्डाक नेपाल जुम्लासँग साझेदारी गर्न गाउँपालिका तयार रहेको न्यौपानेले बताउनु भयो । उहाँका अनुसार महिलाको कार्यबोझ घटाउन वितरण गरिएका थ्रेसिङ्ग मेसिन र हाते ट्याक्टरले दिनभरी गर्न सकिने काम दुइ घण्टामा सम्पन्न हुने गरेको बताउनु भयो । कार्यक्रम संचालन गर्दा नयाँ प्रविधि प्रयोग गर्दै समुदायलाई शसक्तिकरण हुने क्रियाकलापमा सहभागि गराउन न्यौपानेले अनुरोध गर्नु भएको छ ।

किर्डाक नेपालका मिडिया थिमलिडर गोर्खवहादुर थापाले किर्डाक नेपाल जुम्लाले कर्णाली राजमार्ग निर्माण, मानव अधिकार, विकास निर्माण र सुशासनका क्षेत्रमा खेलेको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । किर्डाकले कर्णालीका मुद्धालाई राष्ट्रिय स्तरको नीति निर्माणका क्षेत्रसम्म पुराउने काम गरेको उहाँले बताउनु भयो ।

अन्याय, अशिक्षा, बेरोजगारी र कर्णालीका मुद्धा राज्यको नीति निर्माणमा बसेकाहरुलाई सुनाउनको लागि किर्डाक नेपालको जन्म भएको उहाँले जानकारी गराउनु भयो । गुणस्तरीय शिक्षा दिनको लागि किर्डाक नेपालले प्रारम्भिक बाल विकास केन्द्रको सुरुवात गरि यसको प्रभाव देखिएकोले त्यसपछि राज्यले जिम्मेवारी लिएको थापाको भनाइ छ ।

समाजिक क्षेत्रमा किर्डाक नेपालले खेलेको भूमिकालाई कर्णालीबासी जानकार रहेको उहाँले जानकारी गराउनु भयो । स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै बालसमृद्धि र जीविकोपार्जनका क्षेत्रमा किर्डाक नेपालले तातोपानी गाउँपालिकामा काम गर्ने उहाँले बताउनु भयो ।