शाहीद्धारा विद्यालयलाई नगद सहयोग – Karnali News

शाहीद्धारा विद्यालयलाई नगद सहयोग

 २१ आश्विन २०७८, बिहीबार ०७:४३  

नौरते नेपाली, असोज २१ जुम्ला
नेपाली काँग्रेस जुम्लाका संगठन विभाग प्रमुख तथा युवा नेता लक्ष्मण शाहीले हिमा गाउँपालिकाको कालिका माविलाई नगद सहयोग गर्नु भएको छ । उहाँले उक्त विद्यालयलाई १ लाख ५१ हनार १ सय ५१ रुपैयाँ नगद सहयोग गर्नु भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि नगद सहयोग गरेको उहाँको भनाइ छ ।

एक महत्वपूर्ण, ऐतिहासिक र उल्लेखनीय उदाहरणीय भूमिकालाई निर्वाह गर्नको लागि नगद सहयोग गरेको शाहीले जानकारी गराउनु भयो । विद्यालयको भौतिक र विद्यार्थीको पढाईमा सहयोग पुगोस भन्ने चाहाना रहेको उहाँको भनाइ छ । जीवनभर उक्त बिद्यालयको उन्नति, प्रगति र सम्बृद्धिका लागि सँधै सहयोग गर्ने उहाँले प्रतिवद्धता पनि गर्नु भएको छ ।

समाज सेवाले मनशान्त हुनुका साथै विद्यार्थीले राम्रोसँग पढन् पाउनेमा उहाँले आशा व्यक्त गर्नु भएको छ । शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकको अध्यक्षको प्रत्यासी उम्मेदवार समेत हुनुहुन्छ । समाज सेवाका रुपमा शाहीले कोरोना माहामारीका बेला स्थानीयलाई राहत दिने, माक्स वितरण गर्ने लगायतका कार्यहरु पनि गर्नु भएको थियो ।