
नौते नेपाली, असोज २० जुम्ला
नागरिकको शान्ति सुरक्षामा खटिने प्रहरीलाई ६६ औँ प्रहरी दिवसको अवसरमा जुम्लामा कार्यरत १८ जना प्रहरी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी निरीक्षक नविन थापा मगर, प्रहरी नायब निरीक्ष कर्णवहादुर चन्द, प्रहरी नायब निरीक्षक चक्रवहादुर बुढा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका दिलानन्द भट्ट, हाँकु प्रहरी चौकिका विरवहादुर विक, प्रहरी चौकिर नराकोटका कृष्ण मिजार र चन्द्रा चौधरी लगायत १८ जना प्रहरीहरु दिवसको अवसरमा सम्मानित भएका हुन् ।
जुम्ला जिल्लाको समग्र शान्ति सुरक्षा तथा प्रहरी कार्य व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेका १८ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले सम्मान गरेको हो । प्रहरी प्रमुख दानवहादुर थापाले जुम्ला जिल्लामा हुने अपराध नियन्त्रण, अबैध तस्करी नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, फरार अपराधि नियन्त्रण, समुदाय प्रहरी साझेदारी अन्तर्गतका प्रहरी गतिविधिहरुमा स्थानीय सरकार तथा जिल्लास्थित विभिन्न संघ संस्था, नागरिक समाजको उल्लेख्य सहभागिता गराई प्रहरी र समुदायबीचको सहकार्य अभिबृद्धि गरी जुम्लाको समग्र शान्ति सुरक्षामा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मानित गरिएको बताउनु भयो ।
दिवसकै अवसरमा अमर प्रहरीका दुई जना सन्ततीलाई छात्रवृत्ति प्रदान गरिएको छ । स्वर्गीय प्रहरी मोहनसिंह बुढाको सन्तती ममता बुढा र स्वर्गीय प्रहरी जयवहादुर भण्डारीको सन्तती केशववहादुर भण्डारीलाई छात्रवृत्ति प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय हाँटसिंजा र प्रहरी चौकि गुठिज्युला जुम्लालाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता रतनवहादुर हमाल र देविकन्या उपाध्यायका छोरा पृथ्वीनारायण उपाध्यायलाई कदर पत्र र दोषला ओडाएर सम्मान गरिएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले समाजमा शान्ति सुरक्षा र अमन चयन कायम राख्नु हाम्रो कर्तव्य भएको बताउनु भयो । कष्टकर र चुनौतिलाई पार गर्दै प्रहरी जनताको मन मनमा बस्न सफल भएको उहाँको भनाइ छ ।
प्रसाईका अनुसार स्थानीय तहसँग प्रहरीले समन्वय र सहकार्य गर्दै साझेदारी बढाएको प्रतिक्रिया दिनुभयो । नागरिकसँग प्रहरी सम्बन्ध विस्तार भएको भन्दै उहाँले यसलाई शुभसंकेतमा हेरिएको बताउनु भयो । नागरिकमैत्री सेवा दिनको लागि उहाँले प्रहरी संगठनलाई सुझाव पनि दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख दानवहादुर थापाले प्रहरी माहानिरीक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा प्रहरी माहानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहन शुभकामना सन्देशमा उल्लेख गर्नु भएको थियो ।
प्रहरी संगठनलाई व्यवसायिक, अनुशासित र कर्तव्य निष्ट हुन पनि आग्रह गरिएको सन्देश उहाँले पढेर सुनाउनु भयो । प्रहरी प्रमुख दानवहादुर थापाले समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने बताउनु भयो । उहाँका अनुसार जनसहभागिता कार्यक्रमलाई अभिवृद्धि गर्दै अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्दै थापाले मातहतका प्रहरी कर्माचारीको मनोबल उच्च राख्न उनीहरुको वृत्तिविकास, हकहित लगायतका विषयमा संगठन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कोरोना माहामारी कायम रहेकोले आउदै गरेका नेपालीहरुको ठुला पर्वलाई सावधानीका साथ मनाउन पनि उहाँले आग्रह गर्नु भएको छ ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले मात्रै नसक्ने भन्दै थापाले समुदायिको पनि महत्वपूर्ण भूमिका रहने बताउनु भयो । जग्गा दाताको तर्फबाट शुभकामना मन्तव्य राख्दै पृथ्वीनारायण उपाध्यायले गुठीज्युलामा प्रहरीका नाममा दिएको जग्गामा भवन निर्माण भएको हेर्ने इच्छा रहेको बताउनु भयो । भवन निर्माण नभएसम्म जमीन दिएको सार्थकता नहुने उहाँको भनाइ छ । समुदायको शान्ति सुरक्षाका लागि प्रहरी आवश्यक पर्ने भएकाले झण्डै ३० लाख बरा