कोरोना प्रभावित २५ परिवारले राहत पाए – Karnali News

कोरोना प्रभावित २५ परिवारले राहत पाए

 १८ आश्विन २०७८, सोमबार १७:५१  

कालीवहादुर परियार, असोज १८ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्वर ४ का कोरोना प्रभावित र अपाङ्गता भएका २५ परिवारलाई राहत बितरण गरिएको छ । आई.एन.एफ नेपालद्धारा सञ्चालित सिबिएम नेपालको आर्थिक सहयोग र अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा रोकोना प्रभावित परिवारलाई राहात बितरण गरिएको हो ।

चन्दननाथ नगरपालिका वडा नम्वर ४ का २५ घरधुरीलाई खाद्यन्न बितरण गरिएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भित्रका १ नम्बर वडा देखि १० सम्मका नागरिकहरुलाई राहत बितरण गरिने बताउनु भयो ।

अध्यक्ष धितालका अनुसार प्रत्येक वडाका २५ घरपरिवालाई खाद्यन्न बितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा राहत पाएका सबै घरपरिवारले दुई पटक अझै राहत दिइने बताउनु भयो । प्रत्येक वडाका २५ घरपरिवारलाई राहत वितरण गरिने उहाँको भनाइ छ । धितालका अनुसार प्रति घर परिवारलाई ६० केजी चामल, १५ केजी दाल, ५ लिटर तेल, बेसार, ४ केजी चीनि, जिरा २ पिस नुहाउने साबुन लगायतका खाद्यन्न सामान बितरण गरिएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका भित्रका २ सय ५० र कनकासुन्दरी गाउँपालिका भित्रका २ सय ५० घर गरि जम्मा ५ सय घरवपरिवारलाई राहत बितरण गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष धितालका अनुसार पहिलो चरणमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ बाट सुरुवात गरिएको बताउनु भयो ।

कोरोनाबाट प्रभावित भएका घर परिवारलाई लक्षित गरि राहत वितरण गरिएको हो । घरमा जेष्ठ नागरिक भएका, कोरोनाले गर्दा रोजगारी गुमाएका र एकल महिलालाई लक्षित गरि राहात बितरण गरिएको धितालले बताउनु भयो । कोरोना करहले काम गरि खान समस्या भएको बेला राहत पाउँदा खुसि लागेको चन्दननाथ नगरपालिका वडा नम्वर ४ का सम्झना सार्कीले बताउनु भयो ।

उहाँका अनुसार खान लाउन समस्या भएको बेला राहात पाउदा सहज महसुस भएको बताउनु भयो । हामी जस्तो काम गरि साँझ बिहान चुलो चौको चलाउनेलाई राहात दिदा आभारी भएको राहत लिन आउनु भएका लाटी दमाईको भनाइ रहेको छ । उहाँका अनुसार दिन भरी मजदरी गर्दा साँझ पख घरमा एक छाक खान समेत धौ धौ हुने भएकाले राहत पाउदा खुसि लागेको बताउनु भयो ।