
नौरते नेपाली, असोज १८ जुम्ला
नेपाली काँग्रेसको प्रदेशसभा (क) र (ख) को प्रदेश कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पुरै प्यानल विजयी भएको छ । प्रदेश सभा (क) मा लछिमन बोहोरा र प्रदेश सभा (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी हुनु भएको हो । प्रदेश सभा (क) को कार्यसमितिको सपभातिमा संस्थापन देउवा पक्षका विष्णु वहादुर शाही (नारायण)लाई पराजित गर्दै पौडेल पक्षका लछिमन बोहोरा विजयी हुनु भएको छ । बोहोराले शाहीलाई १८ मतले पराजित गर्नु भएको हो ।
सपभापतिका प्रत्यासि शाहीले २ सय ३१ मत प्राप्त गर्नु भएको छभने विजयी बोहोराले २ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत हसिना प्रधानले बताउनु भयो । उहाँका अनुसार उपसभापतिमा पौडेल पक्षका तिलक प्रसाद न्यौपानेले २ सय ५० र रुपवहादुर रोकायाले २ सय ७९ मत प्राप्त गर्दै विजयी भएको जानकारी गराउनु भयो ।
देउवा पक्षका उपसभापतिका उम्मेदवार डिलवहादुर बुढाले १ सय ८६ र रत्नचन्द्र उपाध्यायले १ सय ९८ मत प्राप्त गर्नु भएको छ । पौडेल पक्षको समूहबाट सचिवमा तिर्थराज न्यौपानेले २ सय ८० मत र अर्जुन कुमार महताराले २ सय ७९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । सचिव पदका प्रत्यासि देउवा पक्षका उम्मेदवार जनकराज खत्रीले १ सय ८३ र राज गिरीले १ सय ५९ मत प्राप्त गरेको प्रधानको भनाइ छ ।
सहसचिवमा पौडेल पक्षका छाया बोहोराले २ सय ६८ र बुद्धि तामाङ्गले २ सय ७१ मत प्राप्त गरि विजयी हुनु भएको छभने देउवा पक्षका सहसचिवका उम्मेदवार धनवहदुर बुढाले १ सय ६८ र नन्दवहादुर बोहोराले १ सय ८७ मत प्राप्त गर्दै पराजित हुनु भएको हो । प्रदेश कार्यसमितिको सदस्यमा कौशिला नेपाली (सार्की) ३ सय १७ मत प्राप्त गर्दै सबैभन्दा बढी मतले विजयी हुनु भएको छ ।
यसैगरि प्रदेश कार्यसमिति सदस्यहरुमा गंगादेवि थापा, सिता चौलागाई, डिलेशवहादुर रावत, प्रेम बुढा, विश्वराम नेपाली, विशेश्वर प्रसाद खत्री, मयलाल बोहोरा, शेरवहादुर मल्ल, सिंहवहादुर सार्की, मानु सुवर्णकार, राजकुमारी कठायत, गोपाल बुढा, विष्णु प्रसाद न्यौपाने, हरीवहादुर बुढा र राजु कामी निर्वाचित हुनु भएको छ ।
प्रदेश प्रतिनिधिमा १७ जना निर्वाचित भएका छन् । निर्वाचित हुने सबै पौडेल पक्षका हुन् । प्रदेश सभाको (ख) को प्रदेश कार्यसमितिमा पनि पौडेल पक्षकै उम्मेदवार विजयी भएका छन् । संस्थापन देउवा पक्षका सभापतिका उम्मेदवार भीमनिधी हमाललाई पराजित गर्दै पौडेल पक्षका उम्मेदवार कालीवहादुर बुढा विजयी हुनु भएको छ ।
विजयी बुढाले २ सय ४२ मत प्राप्त गर्नु भएको छ । उपसभापतिमा पौडेल पक्षका कालीवहादुर बुढाले २ सय ५४ र दानसिंह खत्रीले २ सय ३६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । सचिवमा अम्मरसिंह खत्रीले २ सय ४८ र जंग रोकायाले २ सय ६० मत प्राप्त गर्दे विजयी हुनु भएको छ । सहसचिवमा पौडेल पक्षकै नरवहादुर शाहीले २ सय ४२ र मानवहादुर रावतले २ सय ३३ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
प्रदेश (क) र (ख) मा सिंगो प्रदेश कार्यसमितिमा पौडेल पक्षको पुरै प्यानल विजयी भएको हो । प्रदेश सभा (क) मा४ सय ९८ र प्रदेश सभा (ख) मा ४ सय ९० मत खसेको थियो । नेपाली काँग्रेसले जुम्लाका ६० वटा वडामध्ये तातोपानी ७ बाँहेक सबै वडामा सर्वसहतिमा वडा सभापति चयन गरेको थियो ।
त्यसपछि असोज ९ गते भएको नगर र गाउँको अधिवेशनबाट गुठीचौर र सिंजा गाउँपालिका बाँहेक अन्य ६ वटा स्थानीय तहमा पौडेल पक्षका उम्मेदवार विजयी भएका थिए । गुठीचौरमा देउवा पक्षका टेकवहादुर भण्डारी र सिंजामा गोविन्द शर्मा विजयी भएका हुन् । अन्य सबै स्थानमा पौडेल पक्षको वर्चश्व देखिएको छ ।
जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीका बिच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला कार्यसमिति ५१ सदस्यीय हुने नेपाली काँग्रेसले जनाएको छ ।
असोज १८ गते अर्थात भोलिबाट सुरु हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ । जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पार्टी सभापति शाहीले जानकारी गराउनु भयो ।