प्रदेश (क) मा बोहोरा र (ख) मा बुढा सभापतिमा निर्वाचित – Karnali News

प्रदेश (क) मा बोहोरा र (ख) मा बुढा सभापतिमा निर्वाचित

 १६ आश्विन २०७८, शनिबार २०:१७  

नौरते नेपाली, असोज १६ जुम्ला
नेपाली काँग्रेसको प्रदेशसभा (क) र (ख) को प्रदेश कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ । प्रदेश सभा (क) मा लछिमन बोहोरा र प्रदेश सभा (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी हुनु भएको हो । बोहोराले संस्थापन देउवा पक्षका सभापतिका उम्मेदवार नारायण शाहीलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

प्रदेश (ख) मा कालीवहादुर बुढाले देउवा पक्षका भीमनिधि हमाललाई पराजित गर्नु भएको छ । सपभातिका प्रतिद्धन्दि संस्थापन पक्षका हमाललाई बुढाले ४१ मतले पराजित गर्दे सभापतिमा विजयी हुनु भएको हो । प्रदेश सभा (ख) को उपसभापतिमा दानसिंह खत्री र कालीवहादुर बुढा, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरवहादुर शाही विजयी हुनु भएको छ ।

प्रदेश (ख) मा ४ सय ९० मत खसेको थियो । प्रदेश सभा (क) मा पौडेल पक्षका उपभासतिमा तिलक प्रसाद न्यौपाने र रुपवहादुर रोकाया विजयी हुनु भएको छ । सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा विजयी हुनु भएको छ । सहसचिवमा छाया बोहोरा र बुद्धि तामाङ्ग विजयी हुनु भएको छ ।

संस्थापन देउवा पक्षका उपभासपतिका उम्मेदवार दिलवहादुर बुढा र रत्नचन्द्र उपाध्याय पराजित हुनु भएको छ । सचिव पदका उम्मेदवार जनकराज खत्री र राज गिरी पराजित भएको बताईएको छ । यसैगरी, सहसचिवमा धनवहादुर बुढा र नन्दवहादुर बोहोरा पराजित भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । प्रदेशसभा (क) को ५ सय ७ जना मतदाता मध्ये ४ सय ९८ मत खसेको थियो ।

जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीका बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने नेपाली काँग्रेसले जनाएको छ । असोज १८ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।