दलित घरपरिवार जनता आवासको घर पाउदा खुसि – Karnali News

दलित घरपरिवार जनता आवासको घर पाउदा खुसि

 १६ आश्विन २०७८, शनिबार २०:१३  

कालीवहादुर परियार, असोज १७ जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्वर ३ का दलित बस्तीका ८ घरपरिवारले जनता आवासको घर पाउदा खुसि भएका छन् । आर्थिक अवस्था कमजोर भएका र जीर्ण घरमा बस्दै आएका दलित बस्तीका ८ घरपरिवारले जनता आवासको घर पाउदा निकै खुसी भएका हुन् । गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्र्याङ्गकोटका धन्सुर परियार, हर्क कामी, कमानसिंह परियार, हस्त परियार, धनवहादुर सुनार, शंकर परियार, तिल कामी र दिपवहादुर कामीले घर पाउँदा खुसि भएका हुन् ।

जीर्ण घरमा बस्दै आउनु भएका उनिहरुले नयाँ घर पाउँदा खुसी भएको स्थानीय धन्सुर परियारले बताउनु भयो । परियारका अनुसार आफुलाई गाउँपालिकाको ३ नम्वर वडाले जनता आवास निर्माणका लागि छनौट गरेको प्रति आभारी रहेको बताउनु भयो । पूर्वाधार विकास कार्यालयको प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा खुसि लागेको परियारको भनाइ रहेको छ ।

परियारका अनुसार जनता आवास घरबाट पहिलो किस्ता, दोस्रो किस्ता रकम आएको र अब अन्तिम किस्ता पाउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पैशा भन्दा पनि सबै भन्दा ठुलो कुरा बस्ने सुरक्षित आवास पाइयो त्यसमै खुसी लागेको जानकारी दिनुभयो । परियारका अनुसार पहिले माटोले छाएको पुरानो घरमा पानी पर्दा रातभरि चुईने र कति खेर घर भत्कीन्छ भनेर डरै डरले घरमा सुत्नु पर्ने अवस्था रहेको सुनाउनु भयो ।

अहिले जस्ता पाताले छाएको घर पाउदा निकै सुरक्षित महसुस भएको भन्दै उहाँले खुःसि ब्यक्त गर्नुभयो । त्यस्तै सोही गाउँका हर्क कामीले पनि जनता आवास कार्यक्रमबाट सुरक्षित आवास पाएकोमा खुसि लागेको बताउनु भएको छ । अहिले जनता आवासको घर पाउँदा निकै खुसि लागेको उहाँको भनाइ छ ।

उहाँका अनुसार गरिब र दिनदुखि माथी नेपाल सरकारले दुखेको घाउमाथी मलहम् लगाएको जस्तो महसुस भएको बताउनु भयो । कामीका अनुसार हामी जस्ता गरिब र बस्नको लागि पुरानो घर भएकालाई सरकारले घर बनाई दिदा बल्ल सिंहदरबारको अधिकार गाउँघरमा आएको महसुस भएको जानकारी दिनुभयो ।

सरकारी लगानी र प्राविधिक स्टिमेटबाट बनेको भूकम्प प्रतिरोधी घर पाउँदा कन्न कामी र धन्सुर परियार मात्रै होईनन् गुठीचौर गाउँपालिका वडा नम्वर ३ का ८ वटै घरपरिवारहरु औधी खुसी छन् । आर्थिक हिसाबले अति विपन्न भएका बस्तीहरु बासको ग्यारेन्टी भए पछि मेहनत गर्ने हौसला मिलेको उनिहरुको भनाइछ ।

प्रति व्यक्ति ३ लाख ३६ हजारका दरले विनियोजित बजेट मध्य पहिलो किस्तामा प्रतिव्यक्ति ८४ हजारका दरले पाएका छन । भने दोस्रो किस्तामा ६५ हजारका दरले लाभग्राहीका खातामा पठाइएको जानकारी गराईएको छ । साथै तेस्रो किस्ता पनि लाभग्राहीको खातामा गइसकेको छ । भने अन्तिम किस्ता मात्रै बाँकी रहेको बताईएको छ ।