
नौरते नेपाली, असोज १५ जुम्ला
नेपाली काँग्रेस जुम्लाको प्रदेश (क) को सपभातिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समूहले अग्रता लिएको छ । खसेको ४ सय ९८ मतमध्ये १ सय ६३ मत गणना हुँदा पौडेल पक्षबाट सभपातिका उम्मेदवार लछिमन बोहोरा २४ मतले अगाडि हुनुहुन्छ । बोहोराका प्रतिद्धन्द्धि देउवा पक्षका उम्मेदवार नारायण शाहीले ६५ मत प्राप्त गनु भएको छ ।
बोहोराले ८९ मत प्राप्त गरेको नेपाली काँग्रेस निर्वाचन मण्डलले जनाएको छ । पौडेल पक्षका उपभासति तिलक प्रसाद न्यौपानेले ८७ मत, रुपवहादुर रोकायाले ९३ मत, सचिव तिर्थराज न्यौपानेले ९३ र अर्जुन महताराले ९८ मत, सहसचिव छाया बोहोराले ९५ र बुद्धि तामाङ्गले ९१ मत प्राप्त गर्नु भएको छ । संस्थापन देउवा पक्षका उपभासपतिका उम्मेदवार दिलवहादुर बुढाले ५६ मत र रत्नचन्द्र उपाध्यायले ५६ मत प्राप्त गर्नु भएको छ ।
सचिव पदका उम्मेदवार जनकराज खत्रीले ५६ मत र राज गिरीले ४१ मत प्राप्त गर्नु भएको बताईएको छ । यसैगरी, सहसचिव धनवहादुर बुढाले ४० र नन्दवहादुर बोहोराले ५४ पाप्त गर्नु भएको छ । प्रदेशसभा (क) को ५ सय ७ जना मतदाता मध्ये ४ सय ९८ मत खसेको थियो । प्रदेश सभाका (क) का लागि सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ पदका लागि मतदान भएको उहाँले जानकारी गराउनु भयो ।
प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाका बिच प्रतिस्पर्धा हुदै छ । जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीका बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने नेपाली काँग्रेसले जनाएको छ । असोज १८ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।