
कालीवहादुर परियार, असोज १२ जुम्ला
जुम्ला गुठिचौर गाउँपालिकाको पाटनमा चट्याङ पर्दा करिव ४० भेडा मरेका छन भने १५ भेडा घाईते भएका छन् । मंगलबार राती १० तिर चट्याङ पर्दा ४० भेडा मरेका र १५ भेडा घाइते भएका हुन् । गुठीचौर गाउँपालिका वडा नम्बर ४ को सामुदायिक वन अन्तर्गतको चिमारा नजिकै डाब भन्ने ठाउँमा चट्याङ परे पछि स्थानीय नानो भण्डारीका १० भेडा मरेका र २ घाइते भएको बताईएको छ ।
यस्तै मुन बहदुर भण्डारीका ४ भेडा मरेको र २ घाइते भएका छन । मुणि प्रसाद अधिकारीका १७ भेडा मरेका छन भने ७ भेडा घाइते भएका छन् । यस्तै देबि प्रसाद अधिकारीको ९ भेडा मरेका छन भने ४ भेडा घाइते भएको गुठीचौर इलाका प्रहरी कर्यालयका इन्चार्ज कमल श्रेष्ठले जानकारी दिनु भएको छ ।
गुठीचौर गाउँपालिका वडा नम्वर ४ मा रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज श्रेष्ठका अनुसार घटनास्थल तर्फ आफ्नो टोलि पुगेको बताउनु भयो । उहाँका अनुसार चट्याङ पर्दा ६ लाख ५० हजारको बराबरको क्षेती भएको उहाँको भनाइ छ । भेडा बस्ने क्षेत्रमा परेको चट्याङबाट भेडा पालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताउनु भयो ।
उहाँका अनुसार गुठीचौर क्षेत्रका अधिकांस बासिन्दाको मुख्य आम्दानीको स्रोत भेडा पालन भएको बताउनु भयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार भेडा पालक किसानहरुलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा गर्न सकिने बताउनु भयो ।
उहाँका अनुसार भेडा मरेपछि व्यवसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल पर्ने अवस्था आएको जानकारी गराउनु भयो । जुम्लाको गुठिचौर गाउँपालिकाको पाटनमा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब ७ सय भेडा, घोडा लगाएतका पशु चौपायाहरु मरेका थिए । भने २०७७ सालमा ५ सय भेडा मरेका थिए ।